थप १७ जनामा कोरोना, संक्रमितको संख्या ४४४
बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित

काठमाडाैं, जेठ ८ : नेपालमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार धरान र वीराटनगरमा गरिएका परीक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमित मध्ये झापाको कचनकवच गाउँपालिकाका १८ देखि ४६ वर्ष समूहका १५ जना पुरुष, धनकुटाका १ पुरुष र धरानका एक महिला रहेका छन्।  यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुगेको मन्त्रत्रालयले जनाएको छ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय