कोरोना संक्रमणबाट तेस्राे व्यक्तिको मृत्यु
बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित

रुपन्देही, जेठ ८ : रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारत गुल्मीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बिहीबार बिहान उनको मृत्यु भएको प्रदेशको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरीले जानकारी दिए।

नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो। गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए।

भर्ना भएको दिन देखि नै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय