कैलाली, जेठ ८ :  कैलालीको बर्दगोरिय" />
अपाङ्गता भएकालाई राहत
बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित

कैलाली, जेठ ८ :  कैलालीको बर्दगोरिया गाउँपालिका र टीकापुर नगरपालिकाका अपाङ्गता भएकालाई राहत उपलब्ध गराइएको छ ।

दिगो विकास समाजले बर्दगोरियाका अपाङ्गता भएकालाई राहतका लागि गाउँपालिकालाई सहयोग गरेको छ ।

समाजका अध्यक्ष रामबहादुर सुनारले बर्दगोरियाका उपाध्यक्ष भगवती डगौरा थारूलाई १५ क्विन्टल चामल, एक क्विन्टल ५० किलो दाल, १०० लिटर खानेतेल, एक क्विन्टल चिनी, ५० –५० थान स्यानिटाइजर र सर्जिकल मास्क र २०० साबुन हस्तान्तरण गरेका हुन् ।

समाजले दिएको सामान गाउँपालिकाले स्थानीय पालिकाले अपाङ्गता भएकालाई वितरण गरेको छ । गाउँपालिकाले वडा ४, ५ र ६ मा रहेका अपाङ्गता भएका ५० जनालाई वितरण गरेको हो । उहाँहरुलाई प्रतिव्यक्ति ३० किलो चामल, तीन किलो दाल, दुई किलो आयोडिन नून, एक लिटर खानेतेल, दुई किलो चिनी, चार थान साबुन तथा स्यानिटाइजर र मास्क वितरण गरिएको छ ।

राहत पाएपछि सोनमती कठरियाले कोरोनाको रोकथामका लागि लामो समयसम्म लकडाउन हुँदा जीविकोपार्जनमा समस्या भएको बताइन् । ‘अन्य नागरिकभन्दा हामी अपाङ्गता भएका बढी समस्यामा छौँ’, कठरियाले भनिन्, ‘हामी कामकाज गर्न सक्दैनाँै सामान्य सीपमूलक काम गर्नेले समेत गर्न पाएका छैनौँ, यस्तो बेलामा सरकारले सहयोग गर्नुपर्छ ।’

क र ख वर्गको अपाङ्गता परिचयपत्र प्राप्त व्यक्तिलाई पहिलो ग्राह्यता दिँदै राहत वितरण गर्नुपर्ने अपाङ्ग समाजको माग छ । ‘यस्तो विपत्तिमा अपाङ्गता भएका तनावमा छन्, उनीहरुलाई सामाजिक दूरी कायम गर्न पनि समस्या छ’, अपाङ्गता भएकाहरुका अगुवा गणेश पहराई भन्छन, ‘दृष्टिविहीन, हिँडडुल गर्न नसक्ने बढी जोखिममा छन् । सामाजिक दूरी कायम गर्नुपर्ने भन्दै सहयोगी पाउनसमेत समस्या भएको छ ।’

बर्दगोरिया गाउँपालिकाले अपाङ्गता भएकालाई प्राथमिकता दिएर राहत वितरण गरिरहेको उपाध्यक्ष थारूले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय