भारतमा कोरोना संक्रमित एक लाख २५ हजार नाघे
शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

भारत, जेठ १० : भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख २५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या एक लाख २५ हजार १०१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ६५४ नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या तीन हजार ७२० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट १३७ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ हजार ५८२ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ५१७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

तमिलनाडुमा अहिलेसम्म १४ हजार ७५३ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ९८ जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १३ हजार २६८ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ८०२ पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या ६ हजार १७० संक्रमित फेला परेका छन् । यो राज्यमा २७२ जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा तीन हजार ३३२ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २६५ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या पाँच हजार ७३५ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १५२ जनाको मृत्यु भएको छ । बिहारमा एक हजार ९८२ संक्रमित पुग्दा ११ जनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म ५१ हजार ७८४ संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय