थप ९० जनामा कोरोना, संक्रमितको संख्या ७७२
मङ्गलबार, जेठ १३, २०७७ मा प्रकाशित

काठमाडौं, जेठ १३ : पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बाराका ५, राैतहटका २१, सिरहाका ५, धनुषाका १, बाँकेका ७, कपिलवस्तुका ३१, अर्घाखाँचीका २, गुल्मीका २, कैलालीका १, अछामका १, स्याङ्जाका २, सुर्खेतका १२ जना थप संक्रमित थपिएकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।

प्रदेश २ मा ३२, प्रदेश ४ मा २, प्रदेश ५ मा ४२, प्रदेश ६ मा १२ र प्रदेश ७ मा २ छन्।

देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको पीसीआर परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ। जसमा महोत्तरीका २ जना रहेका छन्। यस्तै जुम्ला स्थायी ठेगाना भइ बारामा कार्यरत २ जना, बाराकै ३ जनामा संक्रमण देखिएको छ। रौतहटका २१, सिरहाका ५ जनामा संक्रमण पोजटिभ देखिएको छ। एक जना जनकपुर अस्पतालमा उपचाररत धुनुषाका पुरुषको पनि पोजेटिभ रिपोर्ट आएको छ। भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। जसमा २ वर्षिय बालिका पनि छन्। रुपन्देहीको प्रादेशिक अस्पतालमा कपिलवस्तुकै ७ जनामा संक्रमण देखिएको छ। यस्तै अर्घाखाँचीका २, गुल्मीका २ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका १ र अछामका १ जनामा संक्रमण पोजेटिभ देखिएको हो। पोखरामा भएको परीक्षणमा स्याङ्जाका २ जनामा पोजेटिभ देखिएको छ। सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए।

पीसीआर विधिबाट ५४ हजार ४ सय २४ नमुना परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट ९७ हजार ९ सय ६७ जनाको नमुना परीक्षण भएको छ। प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ७ सय ८२ र आरडिटी विधिबाट २ हजार ७ सय ७५ जनाको नमुना परीक्षण गरिएको छ। अहिलेसम्म १ सय ५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रदेश १ मा ८६ जना संक्रमित मध्ये २६ जना निकाे भएका छन्। प्रदेश २ मा २७८ जना संक्रमित मध्ये ७६ जना निकाे भएका छन्। प्रदेश ३ मा ३८ जना संक्रमित मध्ये ११ जना निकाे भएका छन्। प्रदेश ४ मा ७ जना संक्रमित मध्ये २ जना निकाे भएका छन्। प्रदेश ५ मा ३३१ जना संक्रमित मध्ये ३५ जना निकाे भएका छन्। प्रदेश ६ मा २५ जना संक्रमित छन्। प्रदेश ७ मा १७ जना संक्रमित मध्ये ५ जना निकाे भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर