थप १८९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १ हजार ४०१ पुग्यो
शनिबार, जेठ १७, २०७७ मा प्रकाशित

काठमाडौं, जेठ १७ : पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार संक्रमित हुनेमा पुरुष एकहजार २८८ र महिला ११३ छन् ।

आज थप हुनेमा कपिलबस्तु ११५, धनुषा ७, झापा १, ललितपुर १, महोत्तरी ४, रौतहट ६, सर्लाही १७, सिराहा ११, सप्तरी ९, दाङ ५, दैलेख १४ र संखुवासभाका २ जनालाई संक्रमित पुगेको छ । संक्रमित जिल्ला ५३ पुगेको छ ।

अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय