दैलेख, जेठ १७ : दैलेखको क्वारेन्टिन" />
दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि, मृतकको संख्या सात पुग्यो
शनिबार, जेठ १७, २०७७ मा प्रकाशित

दैलेख, जेठ १७ : दैलेखको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको उच्च श्रोतले पुष्टि गरेको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो।

भारतबाट फर्किएर दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा बसेको १० दिनमा उनको मृत्यु भएको हो। यद्यपी स्वास्थ्य मन्त्रालयले भने आधिकारिक जानकारी दिएको छैन। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या ७ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर