कर्णाली प्रदेशमा थप ५९ जनामा संक्रमण, कुल संक्रमित १०५
आइतबार, जेठ १८, २०७७ मा प्रकाशित

काठमाडौं, जेठ १८ : कर्णली प्रदेशमा शानिवार रातीसम्ममा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या १०५ पुगेको छ ।

कर्णली प्रदेशको समाजिक विकास मन्त्रालयले शानिवार राती जारी गरेको प्रेस विज्ञप्तिमा दैलेखमा १५ जना जना, कालिकोटमा १७ जना सल्यानमा २५ जना तथा बाजुरा र सुर्खेतमा एक एक जना गरी थप दुई जना संक्रमित फेला परेका थिए ।

यसैबीच हाम्रा सल्या समाचारदाता प्रतकि इच्छुक शर्माका अनुसार सल्यानमा २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोगअन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परिक्षणमा जिल्लाका २५ जनामा कोरोना पोजेटिभ देखिएको हो । सो प्रयोगशालाले शनिवार राती जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

कोरोना संक्रमितहरू मध्ये वनगाड कुपिण्डे १ का १९, २०, ४०र ६० वर्षका गरी ४ जना, वडा नम्वर २ का १९ वर्षिय १ जना, वडा नम्वर ३ का १७, २७, २७ र ३८ वर्षिय गरि ४ जना, वडा नम्वर ४ का १८, ३३ र ४४ वर्षका गरी ४ जना, वडा नम्वर ६ का ११, १६, १८, १९, २०, ३१, २१, २१, २५, २८, ३० र ३६ गरी १३ जना र वडा नम्वर ७ का ३८ वर्षिय १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनिहरू सवै पुरूष हुन भने सवैको स्वास्थ्य अवस्था सामान्य छ । उिनहरू सवै भारतबाट आएका हुन । भारत बाट आएका बनगाड क्याम्पसका र प्रभाकर मावी देवस्थलको क्वारेन्टिनमा रहेका मध्ये ३ सय ९३ जनाको पिसिआर जाँचको लागी स्वाव संकलन गरीएकोमा २५ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरुलाई जिल्ला अस्पताल सल्यान र सुर्खेत स्थित आइसाेलेसनमा राख्ने तयारी भैरहेको छ । प्रमुख िजल्ला अधिकारी शिवराम पोखरेलले भारतवाट आएका ६ सयको स्वाव संकलन गरिएको र ८० जनाको मात्र नतिजा आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय