कालिकोटका १७ जनासहित १९ जनामा कोरोना संक्रमण
आइतबार, जेठ १८, २०७७ मा प्रकाशित

जुम्ला, जेठ १८ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा कालिकोटका १७ जनासहित १९ जनामा कोरोना पोजिटिभ देखिएको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेका अनुसार एक–एकजना दैलेख र बाजुराका छन् ।

कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. ५ का वर्ष १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२, तथा वडा नं. ४ का वर्ष २०, २२, २० का पुरुषमा संक्रमण देखिएको छ । यस्तै, कालिकोट महावै–२ का वर्ष ४२, २१ का पुरुष, वडा नं. ७ का वर्ष ५२, ३३ का पुरुष, वडा नं. ५ का वर्ष २० का पुरुषमा संक्रमण देखिएको छ ।

शनिबारसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३ हजार ३ सय ७५ वटा नमुना पीसी परिक्षण गरिएको छ । दैलेखमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकसहित ५ स्वास्थ्यकर्मीको टोली आइतबार बिहान जाने तयारी भइरकेको पनि काफ्लेले बताए ।

शनिबार संक्रमण देखिएका दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुषको मृत्यु भइसकेको छ । भारतबाट उनको मृत्युपछि नै स्वाब परीक्षणका लागि ल्याइएको थियो । त्यस्तै बाजुरा जिल्लाका एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । उनी जगन्नाथ–५ का ४० वर्षिय पुरुष रहेको इकान्तिपुर अनलाइनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय