अस्पतालमा सुत्केरीको मृत्यु
आइतबार, जेठ १८, २०७७ मा प्रकाशित

डोटी, जेठ १८ : जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्की रहेकी छन् । मृत्युको कारणबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

सुत्केरी व्याथा लागेर तीन दिन पहिले अस्पताल भर्ना भएकी उनीको शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो । सुत्केरी भएको दुई दिनपछि आइतबार बिहान उनीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । नावजात शिशुको अवस्था सामान्य रहेको अस्तालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर