कोरोना संक्रमितओसार्न बस रिजर्भ
आइतबार, जेठ १८, २०७७ मा प्रकाशित

झापा, जेठ १८ :  कोरोना भाइरस संक्रमणको हट स्पट बनेको कचनकवल गाउँपालिकामा दुई सातामा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतका विभिन्न ठाउँबाट आई क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण देखिएको हो छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवका अनुसार उनीहरुलाई ६ वटा क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेकाहरु मुम्बई, दिल्ली, गुजरात, तामिलनाडुबाट आएका हुन् ।

यहाँका संक्रमितहरुलाई सुनसरीको धरान वा मोरङको विराटनगरमा उपचारका लागि पठाइने गरिएको छ । एकै पटक
१० देखि २७ जनासम्म संक्रमित थपिँदा बिरामीलाई अस्पतालसम्म पर्याउन समस्या भएको छ । गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स रहेकााले अस्पतालसम्म पुर्याउन घण्टौं कुर्नुपर्ने बाध्यता रहेको छ ।

त्यसैले उक्त समस्या समाधान गर्न गाउँपालिकाले आन्तरिक स्रोतबाट रकम छुट्टाएर संक्रमितलाई ओसार्न एउटा यात्रु बाहक बस एक महिनाका लागि भाडामा लिएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए ।

‘गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स छ, त्यसमा एकै पटक संक्रमित पठाउन सकिएन, अरू एम्बुलेन्स पनि आउन मान्दैनन्, आए पनि घण्टौँ कुर्नु पर्ने हुन्छ,’ अध्यक्ष आलमले भने, ‘त्यसैले गाउँकै युवाहरूलाई सहज रूपमा उपचारका लागि पठाउन बस भाडामा लिएका हौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय