जनकपुरधाम,जेठ १८ : प्रदेश नम्बर २ मा थ" />
प्रदेश २ मा थप ६० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय १३
आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
जनकपुरधाम,जेठ १८ : प्रदेश नम्बर २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

रौतहटमा २९, धनुषामा २१ र सर्लाहीमा १० जना गरि ६० जना संक्रमित भएका हुन् ।यो सँगै प्रदेश २ मा संक्रमितको संख्या ६ सय १३ पुगेको छ ।

धनुषामा संक्रमति भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना,जनकपुरस्थित गोपाल धर्मशाला क्वारेन्टाइनका ९ जना र गणेशमान चारनाथ नगरपालिकाका १ जना छन् । त्यस्तै,रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८ जना,मदरसा क्वारेन्टाइनका १० जना र गौर क्वारेन्टाइनका ११ जना छन् ।

सर्लाहीमा संक्रमित भएका मध्ये हरीपुर नगरपालिकाका ७ जना र ब्रम्हपुरी गाँउपालिकास्थित क्वारेन्टाइनका ३ जना रहेका छन । यसको आधिकारिक घोषणा आजै ४ बजे हुने मिडिया ब्रिफिङ्गमा गरिने सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए ।

प्रदेशमा संक्रमित ६ सय १३ मध्ये सबैभन्दा बढि रौतहटका २ सय १७ जना रहेका छन् । त्यस्तै १ सय ५ जना पर्साका,५४ जना बाराका, ७० जना धनुषाका,२७ जना महोत्तरीका, ७२ जना सर्लाहीका,२५ जना सिरहाका र ४३ जना सप्तरीका व्यक्ति छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय