शुक्रबार, माघ १०, २०७६ मा प्रकाशित

देशको समाजिक, राजनीतिक, आर्थिक र अन्य क्षेत्रको स्थल स्वरूपलाई विवेचनात्मक दृष्टिबाट अर्थ्याइएमा मात्र जनताले देशको गति र शासनको नियत बुझ्ने विश्वास लिएर जनता समक्ष समाचार दिन यस एटुजेड अनलाइन खबर पत्रिका तपाइहरुको माझ आएका छौं  ।

जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्दैनौ । सबै राजनीतिक दल, हरेक व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना वा दुवै समानान्तररूपमा अघि बढछौं ।

जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् । खानेपानी, बिजुली, इन्धन, यातायातजस्ता जनताका आधारभूत समस्याभन्दा अरू राष्ट्रिय आवश्यकता ठूला वा महत्वपूर्ण हुँदैनन् र मानिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र सञ्चारको सुविधाबाट जनसाधारण विमुख हुनुहुँदैन ।

भ्रष्टाचार, कालोबजारी, करछली र जनतालाई आर्थिक, सामाजिक तथा शारीरिक शोषण गर्ने कुनै पनि समूह, व्यक्ति वा प्रवृत्तिविरूद्ध समाजलाई जागरुक बनाउने एउटा अभियान नै सञ्चालन गर्ने छौं ।

हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका माझ रहने छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय