गण्डकीका ८ जिल्लामा थप ५३ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो ५९३
मङ्गलबार, असार ०९, २०७७ मा प्रकाशित

पाेखरा, असार ९ : गण्डकी प्रदेशमा कोरोना भाइरसका ५३ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ५९३ पुगेको पोखरास्थित स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सोमबार थप भएकामध्ये तनहुँमा १७ जना, स्याङ्जामा ९ जना, बाग्लुङमा ८ र गोरखामा ११ जनामा संक्रमण देखिएको छ। त्यस्तै, लमजुङमा ५ जना, पर्वत, नवलपुर र कास्कीमा एक/एक जनामा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय