ल्होछार पर्वमा अपाङ्ग मैत्री सं‌घलाई सहयोग
आइतबार, माघ १२, २०७६ मा प्रकाशित

पोखरा, माघ १२ : २८५६औँ मञ्जुश्री संवत् सोनाम ल्होछारका अवसरमा बैदाम तामाङ सेवा समाजले दृष्टिविहीनलाई सेतो छडी वितरण गरेको छ । समाजद्वारा निर्माण गरिएको रिञ्छिन तोर्जेट तामाङ शान्ति गुम्बामा आयोजित शुभकामना आदानप्रदानसहितको कार्यक्रममा अपाङमैत्री सं‌घ कास्कीलाई सेतो छडीसहित १० हजार नगद प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ गण्डकीका अध्यक्ष हरिजंग तामाङले ल्होछार एकताको चाड भएको बताउँदै भाषा र संस्कृतिले नै जातिको अस्तित्व बचाइराख्ने विश्वास व्यक्त गरे । हेल्पिङह्याण्डका अध्यक्ष दिनेश थापाले छिमेकी देश चीनबाट फैलिएको कोराना भाइरसको सङ्क्रमण, लक्षण र रोकथामका उपायबारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय