प्रदेश २ : २० जना संक्रमित थपिए, ७७ जना डिस्चार्ज
आइतबार, असार २८, २०७७ मा प्रकाशित

जनकपुरधाम, असार २८ : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार धनुषामा १९ जना र सर्लाहीमा १ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ८ सय ५ पुगेको छ । संक्रमित मध्ये ३ हजार ५ सय ५७ पुरुष र २ सय ४८ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

धनुषामा संक्रमण पुष्टी भएकाहरु बटेश्वर गाउँपालिकास्थित क्वारेन्टाईनमा रहेका २७ र ३० बर्षका २ जना पुरुष, मिथिला नगरपालिकास्थित क्वारेन्टाईनका ३२ बर्षिया एक महिला र ७ देखि ३८ बर्ष उमेर समुहका ५ जना पुरुष तथा धनौजी गाउँपालिकास्थित क्वारेन्टाईनका १८ देखि ४३ बर्ष उमेर समुहका ११ जना पुरुषहरु रहेका छन् । त्यस्तै सर्लाहीको बसबरिया गाउँपालिकाका ३८ बर्षिय एक पुरुष समेत संक्रमित भएका छन् ।

No description available.

प्रदेशभरीमा आईतबारसम्म सप्तरीमा ५ हजार २ सय १४, सिरहामा ३ हजार १ सय ७२, धनुषामा ४ हजार ६ सय ७९, महोत्तरीमा ३ हजार ६ सय ३२, सर्लाहीमा ५ हजार ८ सय ७१, रौतहटमा १३ हजार ९ सय ६०, बारामा ३ हजार ७ सय १५ र पर्सामा ७ हजार ४ सय ८० जना गरि कुल ४७ हजार ७ सय २३ जनाको स्वाब परिक्षण गरिएकोमा ३ हजार ८ सय ५ जना संक्रमित भएका छन् भने ४२ हजार २ सय ६२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ सय ५६, सिरहामा ५ सय ३९, धनुषामा ७२, महोत्तरीमा १ सय ९७, सर्लाहीमा २ सय, रौतहटमा २ सय ४४, बारामा १ सय ११ र पर्सामा १ सय ३७ जना गरि कुल १ हजार ६ सय ५६ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज (आईतबार) मात्रै सप्तरीमा ८२, महोत्तरीमा ५४, बारामा ५१ र पर्सामा ४२ जना गरि कुल २ सय २९ जनाको स्वाब संकलन गरिएको छ भने सप्तरीमा ११, महोत्तरीमा १ र पर्सामा ९४ गरि जम्मा १ सय ६ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २३ हजार ८ सय ५८ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा १ सय ५३, धनुषामा १ सय ६६, महोत्तरीमा ४ सय ७६, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४४ र पर्सामा २१ जना गरि कुल १ हजार ५४ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २२ हजार ८ सय ४ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

No description available.

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ७ सय ९१ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले ३ हजार १९ जनालाई राखिएको छ भने १७ हजार १ सय १७ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ९ सय ६८ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ८६, सिरहामा ६२, धनुषामा ४९, महोत्तरीमा ७४, सर्लाहीमा ५३, रौतहटमा २७, बारामा ४ र पर्सामा ६ जना गरि कुल ४ सय ६१ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ७ सय १५, सर्लाहीमा ६ सय ५५, धनुषामा ४ सय ९६, सप्तरीमा २ सय ४७, सिरहामा २ सय ६, पर्सामा १ सय ६२ र बारामा १ सय १२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ७७ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका ३२ जना, धनुषाका ९ जना, महोत्तरीका ९ जना र रौतहटका २७ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका २ सय ३, सिरहाका १ सय १५, धनुषाका ३ सय ७७, महोत्तरीका २ सय ४८, सर्लाहीका ५ सय ९०, रौतहटका ६ सय ४८, बाराका १ सय १२ र पर्साका १ सय ७२ जना गरि २ हजार ४ सय ६६ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १–१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर