समुन्द्रमा फेला पर्‍याे अनौठो माछा : मानिसका जस्तै ओठ र दाँत !
बुधबार, असार ३१, २०७७ मा प्रकाशित

संसारमा रोचक र विभिन्न प्रकारका बस्तु तथा जीव फेला पर्छन् । कतिपय मानिसको नजरमा आउँछन् त कतिपय मानिसको नजरमा नआएका पनि हुन सक्छन् । समुन्द्री जीव धेरैजसो सुन्दर फेला पर्छन् । केही अनौठा पनि फेला पर्छन् ।

अहिले एउटा अनौठो माछा फेला परेको छ । जुन माछाको तस्बिर अहिले भाइरल बनेको छ । मलेसियामा एउटा माछाको प्रजाति नै लोकप्रीय बन्न पुगेको छ । मानिसको ओठ र दाँतजस्तै देखिएकाले यो माछाको चर्चा मलेसियामात्र नभएर संसारभर भइरहेको छ ।

माछाको चर्चा परिचर्चा भएपछि मानिसले यसलाई कार्टुनमा पनि प्रयोग गरेका छन् । मानिस यो माछा देखेर आश्चर्यमा परेका छन् । जीव विज्ञानको अध्ययनमा लागेका वैज्ञानिक यो माछा देखेर हैरान भएका छन् । मानिसकै जस्तो ओठ र दाँत अहिलेसम्म नदेखेको मलेसियाका वैज्ञानिकहरुले बताएका छन् ।

यो माछाको नाम ‘टाइगर फिस’ हो । दक्षिणपूर्वको एसियाली जल क्षेत्रमा यो माछा पाइन्छ । यो माछाको तस्बिरका आधारमा मानिसले विभिन्न प्रकारका फोटोसप गरिरहेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर