सुर्खेत, असार ३१ : बराहताल गाउँपाल" />
रानीघाटमा प्रहरी चौकी निर्माण
बुधबार, असार ३१, २०७७ मा प्रकाशित

सुर्खेत, असार ३१ : बराहताल गाउँपालिका–२ सुर्खेत रानीघाटमा रु दुई करोड ८२ लाख लागतमा प्रहरी चौकी निर्माण भएको छ ।

युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसको आर्थिक सहयोगमा प्रहरी चौकी निर्माण भएको हो । विसं २०७५ कार्तिक २६ गतेबाट निर्माण कार्य शुरु भई हालै सम्पन्न नवनिर्मित प्रहरी चौकीको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले नवनिर्मित प्रहरी भवनलाई आफ्नै सम्पतिका रूपमा जगेर्ना गर्न गाउँपालिका र नागरिक समाजलाई अनुरोध गरे ।

‘प्रहरी जनशक्ति अपुग छ । त्यसका लागि हामी छिट्टै व्यवस्थापन गर्छौँ,’ उनले भने । नवनिर्मित भवनलाई आफ्नै हो भनी आवश्यक मर्मत सम्भार गर्न र नागरिकहरुको शान्ति सुरक्षामा कटिबद्ध हुन प्रहरी नायब महानिरीक्षक पन्तले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले प्रहरी चौकी निर्माण हुनुले यहाँका नागरिकहरुको शान्ति सुरक्षामा टेवा पुग्ने बताए ।

बराहाताल– २का वडाध्यक्ष यौवराज कार्कीले समाजमा बढ्दै गएको आपराधिक गतिविधिका लागि कानून आवश्यक हुने बताउँदै अनुशासित नागरिकहरुको सुरक्षा र गलत आचरण भएकाहरुलाई नियन्त्रण राख्ने सरकारको सुरक्षा सेवा एकाई (प्रहरी चौकी) गाउँमा निर्माण हुनुले खुशी तुल्याएको विचार व्यक्त गरे ।

युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसका इञ्जिनीयर अनुज पाण्डेले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय