खुल्यो यौनबजार तर जोडले सास फेर्न र किस गर्न प्रतिबन्ध
बुधबार, असार ३१, २०७७ मा प्रकाशित

काठमाडौं, असार ३१ : कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन विश्वभरी विस्तारै खुकुलो पार्न थालिएको छ । नेदरल्याण्ड र थाइल्याण्ड सरकारले आफ्नो देशका वेश्यालय र रेडलाइट एरिया कडा प्रतिबन्धको नियमसहित खोल्न अनुमति दिएका छन् । यी देशमा अब यौनकर्मी र ग्राहकहरु रेडलाइट एरियामा जान पाउँछन् तर किस गर्न पाउँदैनन् । उनीहरुले जोडले सास फेर्न पनि पाउने छैनन् ।

बैंकक पोस्टका अनुसार थाइल्याण्डको राजधानी बैंककको रेडलाइट एरिया ३ महिना बन्द रहेपछि १ जुलाइदेखि खुलेको छ । थाइल्याण्डका बार, काराओके भेन्यू, मसाज पार्लर आदि पनि खुलेका छन् । विगत ३७ दिनदेखि थाइल्याण्डमा कोरोना संक्रमणको एउटा पनि स्थानीय केस नभेटिएपछि यहाँ यी व्यवसाय खोल्न अनुमति दिइएको हो । यससँगै हजारौंको संख्यामा रहेका यौनकर्मीहरु आफ्नो काममा फर्किएका छन् ।

रेडलाइट एरियामा जानेहरुले केही नियम पालना गरेर मात्र जानुपर्नेछ । उनीहरुले आफ्नो अनुहारबाट मास्क खोल्न पाउने छैनन् । आफूलाई राम्रोसँग सेनिटाइज गर्नेछन्, किस गर्ने छैनन् र जोडले सास फेर्न पनि पाउने छैनन् । रेडलाइट एरियामा जानुभन्दा पहिले सबै ग्राहकको तापक्रम जाँच गरिनेछ । उनीहरुको पूरा ठेगाना, फोन नम्बर नोट गरिनेछ । डान्स बारमा जानेहरु स्टेजबाट कम्तीमा २ मिटरको दूरीमा बस्नुपर्नेछ । भित्र रहेका अन्य व्यक्तिहरुसँग पनि एक मिटरको दूरी कायम गर्नुपर्नेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार नेदरल्याण्डमा पनि १ जुलाइदेखि नै रेडलाइट एरिया खुलेका छन् । यहाँ पनि ठिक त्यस्तै नियम लागू गरिएका छन् जस्ता नियम थाइल्याण्डमा छन् । यी दुवै देशमा यौनकर्मीहरुले पहिलेदेखि नै सफाइको निकै ख्याल गर्दै आइरहेका छन् र अब यो अझै बढ्नेछ । एम्स्टर्डम जनस्वास्थ्य सल्लाहकार डबी मेनसिंक भन्छिन् ‘रेडलाइट एरियामा बस्ने यौनकर्मीका लागि कोभिड १९ को खतरा बढी छ किनकि उनीहरुको काम नै त्यस्तै छ । त्यसैले मानिसहरुले आफ्ना आवश्यकता कडा प्रतिबन्धमा बाँधिएर पूरा गर्नुपर्छ ताकि सबै सुरक्षित रहुन् ।’

मोइरा मोना नामकी एक यौनकर्मीले आफूले पहिले नै सुरक्षाका सबै तयारी गरिसकेको बताएकी छिन् । उनले लेटेक्स कपडा, लेदर फेस मास्क, पञ्जा, सर्जिकल फेस मास्क आदि मगाइकेकी छिन् । त्यसैले उनलाई चिन्ता छैन । उनले जुन ग्राहकले नियम तोडे पनि फिर्ता पठाउने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय