यौनकर्मीले किन प्रयोग गर्दैछन् रेनकोट ?
शनिबार, साउन ०३, २०७७ मा प्रकाशित

काठमाडौं, साउन ३ : कोरोना भाइरसका कारण विश्वका सबैजसो पेशा व्यवसाय समस्यामा परेका छन् । यीमध्ये यौन पेशाचाहिँ सबैभन्दा धेरै संकटमा परेको पेशा हो ।

कोरोना भाइरस महामारी लम्बिँदै जाँदा ल्याटिन अमेरिकी देश बोलिभियाका यौनकर्मीहरु सुरक्षाका विशेष उपाय अपनाउँदै काममा फर्किँदै छन् ।

यौनकर्मी महिलाहरुले सुरक्षाकवचका रुपमा हातमा पञ्जा, ब्लिच पाउडर तथा पारदर्शी रेनकोट लगाएर यौन व्यवसायमा पुनरागमन गर्न लागेका हुन् ।

यौनकर्मीहरुको लागि काम गर्ने संस्था अर्गनाइजेसन अफ नाइट वर्कर्स अफ बोलिभियाको सल्लाहअनुसार यौनकर्मी महिलाहरु सुरक्षा उपाय अपनाउँदै काममा फर्किन लागेका हुन् । यसबाट आफूहरुलाई कोरोना संक्रमणको जोखिम कम हुने उनीहरुको विश्वास छ ।

बोलिभियामा देह व्यापार वैधानिक छ । तर केवल इजाजत प्राप्त यौनशालाहरुमा मात्र विभिन्न कडा नियम पालना गरी यौन व्यवसाय सञ्चालन गर्न पाइन्छ ।

बोलिभियामा कोरोना भाइरस महामारीका कारण गत मार्चदेखि सुरु भएको लकडाउन अहिले केही खुकुलो पारिएको छ । तर यौनकर्मीहरुका लागि भने दिनको समयमा विभिन्नखाले बन्देज र रातको समयमा कफ्र्यू नै लगाइएको छ ।

एक यौनकर्मी महिलाका अनुसार उनीहरुका ग्राहक निकै बुझक्की छन् । उनीहरु फेस मास्क, अनुहार छोप्ने प्लास्टिकको पर्दा, पञ्जा र रेनकोट लगाएर यौनक्रियामा संलग्न हुन्छन् ।

बोलिभियामा अहिलेसम्म ५० हजारलाई कोरोना संक्रमण भैसकेको छ भने १९ सय जनाको मृत्यु भैसकेको छ । गत हप्तामात्रै त्यहाँका अन्तरिम राष्ट्रपतिलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो । बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय