कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा मृत्यु
सोमबार, माघ १३, २०७६ मा प्रकाशित

लस एन्जलस, माघ १३ (एएफपी) : अमेरिकी सुप्रसिद्ध बास्केटबल खेलाडी कोबे ब्रायन्टको आइतबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । हेलिकप्टरमा सवार उनकी १३ वर्षीया छोरी जियानासहित सबै नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

एकचालीस वर्षीय ब्रायन्ट चढेको हेलिकप्टर लस एन्जलसको पश्चिमको कालाबासासको पहाडी भागमा दुर्घटनाग्रस्त भएको थियो । खोज तथा उद्धार टोली दुर्घटनास्थलमा तत्कालै पुगे पनि कसैलाई बचाउन सकेका थिएनन् ।

अमेरिकी बास्केटबल एसोसिएसनमा पाँच पटकका च्याम्पियन तथा दुई पटक ओलम्पिक स्वर्ण पदक विजेता ब्रायन्टलाई अमेरिकी इतिहासमा महान बास्केटबल खेलाडीका रूपमा लिइन्थ्यो । लस एन्जलस लेकर्समा दुई दशक बिताउनुभएका ब्रायन्टलाई धेरै बास्केटबल खेलाडीका लागि पथप्रदर्शक र सम्मानका साथ हेरिन्थ्यो ।

लस एन्जलसका अग्नि नियन्त्रकहरूले भिरालो पहाडी इलाकामा पुगेर उद्धारका कार्यमा जुटे पनि कसैलाई बचाउन नसकिएको राज्यको यातायात कार्यालयले जनाएको छ । अमेरिकी राष्ट्रपति तथा अन्य विशिष्ट महानुभावले ब्रायन्टको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय