सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ९६६ पुग्यो
मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित

कैलाली, साउन ६ : सुदूरपश्चिम प्रदेशमा फेला परेका संक्रमितको संख्या ३ हजार  ९६६ पुगेको छ । महिला ९२८ , पुरुष ३ हजार ३८ रहेको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

हालसम्म अछाम ६३७, बैतडी ३००, बझाङ्ग १६६, बाजुरा ४४६, डडेल्धुरा २९०, दार्चुला २०,डोटी ५८३, कैलाली १०६२, कंचनपुर ४६२ जना संक्रमित फेला परेको मिडीया ब्रिफिङ्गमा जनाएको हो । हालसम्म २ हजार १२९ निको भएका छन भने ८ जना संक्रमितको मृत्यु भइसकेको छ ।

सोमबार सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट  गरिएको परिक्षण बाट १, डडेल्धुरा अस्पातालको प्रयोगशाला बाट ४०  जनामा संक्रमणपुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्री ले रातोपाटीलाई जानकारी दिए ।

प्रदेशमा हालसम्म २९ हजार २७१जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २५ हजार ३०५ मा नेगेटिभ आएको उनले बताए ।

१ हजार ६२७ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २१ हजार ८०९ जनामा परिक्षण गरिएको छ ।

क्वारेन्टिनमा ४ हजार ८३९ पुरुष र १ हजार ७९१ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ५५ गरी ६९ जनाको उपचार भईरहेको छ ।  ७६८ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा १, टिकापुरमा २१, महाकालीमा १८, अछाममा १०, डोटी २,   र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।

बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको  स्वास्थ्य महाशाखाका प्रमुख काक्रीले जानकारी दिए  ।

प्रतिक्रिया

सम्बन्धित खवर