घरभाडा तिर्न नसक्दा घरबेटीको शारीरिक सम्बन्धको प्रस्ताव…
मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित

अमेरिका, साउन ६ : विश्वमै माहमारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले भएको लकडाउनमा घरभाडाका लागि बहालमा बस्नेहरुलाई समस्याको पहाड बनेको छ।

रोजगारी गुमिसकेपछि अब उनीहरुसँग कोठाको भाडा तिर्ने सक्ने अवस्था समेत छैन ।

यसैबीच युरोप र अमेरिकामा घरमालिकहरुले घरभाडाका सट्टा महिलालाई शारीरिक सम्बन्ध बनाउन माग गरिरहेका घटनाहरु सार्वजनिक भइरहेका छन्। अझै धेरै यस्ता घटना सार्वजनिक भएको छैन । यस्ता समस्या नेपालमा पनि नहोला भन्न सकिन्न।

एक महिलाले एनएफएचएको वेबसाइटका माध्यमद्वारा भनेकी छिन्, ‘यदि मैले आफ्नो प्रोपर्टी मेनेजरका साथ शारीरिक सम्पर्क गर्न नमाने मलाई घरबाट बाहिर निकालिदिन्छ। एक सिगंल आमा भएको नाता मसँग दोस्रो कुुनै विकल्प बचेको छैन। म आफ्नो घर गुमाउन चाहन्न।’

घरभाडाका बदला शारीरिक सम्पर्कको माग गर्ने मामला अब अमेरिकादेखि ब्रिटेनमा पनि परीक्षणको दायरामा आएको छ।

सेक्सको बदला रेन्ट फ्री एकोमोडेसनको सुविधाका नाममा बढ्दो अनलाइन विज्ञापनहरुबाट पनि पर्दा उठेको छ।

विश्वभरि नै तीव्र गतिमा फैलिरहेको कोरोनाभाइरसका कारण लाखौं रोजगारीबाट हात धुुनुु परिरहेको छ। लकडाउन र यात्रामा बन्दाबन्दी भएपछि व्यापार व्यवसाय ठप्प भएको छ।

आम्दानीका साधन समाप्त भएपछि आज वित्तीय संघर्षसँग लडिरहेका छन्।

उत्तर अमेरिका र यूूरोपियन अथोरिटीज क्यास बेनेफिट्स, रेन्ट फ्रिजिस र निष्कासन प्रतिबन्धसँग जोडिएको नियम आएको छ ता कि मानिसहरु बेघर हुनबाट बच्न सकुन्।

एनएफएचएका सल्लाहकार मोर्गन विलियम्स भन्छन्, ‘घरबाट बाहिर निस्कनका लागि विवश व्यक्तिहरुका सामु कतिपय समय ठूला कठिन विकल्प बच्छ।’

हाउजिङ च्यारिटी सेल्टर (इंल्यान्ड) को २०१८ को एक रिपोर्ट अनुुसार पछिल्लो ५ वर्षमा प्रपोर्टी मेनेजरले भने, ‘करिब अढाइ लाख महिलाहरु घरभाडा दिनुका सट्टा शारीरिक सम्पर्क प्रस्ताव गर्छन्।’

ब्रिटिस ल मेकर वेहा हबहाउसका अनुसार भाडाका सट्टा शारीरिक सम्पर्कको माग बढ्ने सम्भावना पहिले नै थियो किनकि लकडाउनका समय व्यक्तिहरुसँग घरमा कैद हुनेबाहेक अन्य कुनै विकल्प थिएन।

प्रतिक्रिया

सम्बन्धित खवर