सुर्खेत, साउन ९ : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, कर्णालीमा शुक्रबार थप ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १५८५ पुगेको छ ।
कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २३३ जना आइसोलेसनमा रहेका छन् ।