‘चारानाको मसला’ गीतमा स्वस्तिमा र सुपुष्पा
मङ्गलबार, माघ १४, २०७६ मा प्रकाशित

काठमाडौं, माघ १४ : नेपाली कथानक चलचित्र ‘चपली हाईट–३’को छायांकन सकिएको छ । ठमेलस्थित एक क्लबमा गीतको छायांकन सकिएसँगै चलचित्रको छायांकन सकिएको हो । 

चैत २८ गते रिलिज हुने चलचित्रको अन्तिम गीत ‘चारानाको मसला’ बोलको छ । सुभाष भुषालको संगीत रहेको गीतमा अस्मिता अधिकारी र राज खम्बुको स्वर सुन्न सकिने निर्माता अर्जुन कुमारले जनाएका छन् । 

प्रदीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । गीतमा अभिनेत्री स्वस्तिमा खड्का र सुपुष्पा भट्ट बोल्ड अवतारमा प्रस्तुत भएको निर्माण पक्षले तस्बिर सार्वजनिक गरेको छ । उक्त गीतमा अभिनेताद्धय आमिर गौतम र महेश त्रिपाठी पनि फिचर्ड छन् । चलचित्रमा अर्पण थापा र प्रतिक श्रेष्ठको पनि मुख्य भूमिका छ । अर्जुन कुमार निर्माता रहेको सस्पेन्स थ्रिलर चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय