‘दि इन्टर्न’ मा ऋषि र दीपिका
मङ्गलबार, माघ १४, २०७६ मा प्रकाशित

चलचित्र ‘छपाक’को रिलिजपछि नायिका दीपिका पादुकोणले आफ्नो नयाँ चलचित्रको ‘दि इन्टर्न’ मा काम गरेको घोषणा गरेकी छिन् । यो हलिउड चलचित्रको आधिकारिक रिमेक सन् २०२१ मा रिलिज हुनेछ ।

सन् २०१५ मा रिलिज भएको ‘दि इन्टर्न’ एक कमेडी चलचित्र हो । यो चलचित्रमा कलाकार ऋषि कपुर र नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहेकोछ । एक ७० सालको व्यक्ति र एक यूवतीको कथामा यो चलचित्र बन्नेछ ।

नायिका पादुकोणले सुनिर खेत्रपालको साथमा यो चलचित्र निर्माण गर्नेछिन् । दीपिका अभिनित नयाँ चलचित्र ‘८३’ रिलिजको तयारीमा छ । चलचित्र ‘छपाक’मा लगानी गरेर निर्माता बनेकी दीपिकाको ‘दि इन्टर्न’ निर्माणको हकमा दोश्रो चलचित्र हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय