आस्था राउत धरौटीमा रिहा
मङ्गलबार, माघ १४, २०७६ मा प्रकाशित

काठमाडौं, माघ १४ : गायिका आस्था राउत चार हजार रुपैयाँ धरौटीसहित प्रहरी हिरासतबाट मंगलबार रिहा भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । सहमतिपछि मंगलबार नै उनलाई रिहा गरेको हो ।

सोमबार बिहान महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालयमा पुगेकी राउतलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयले म्याद थप गरी अनुसन्धानका लागि परिसरमै राख्ने अनुमति दिएको थियो । विरामी भएकाे बताइएपछि उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको थियो ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले दुवै पक्षबीच कुराकानी मिलेपछि जिल्ला प्रशासन कार्यालयको अनुमतिमा छाडिएको बताए । ‘प्रहरी महिला र गायिका दुवैलाई गल्तीको महसुस गरेर अभद्र व्यवहार नगर्ने सहमतिमा छाडेका छौं,’ उनले भने । ‘त्यति गम्भीर विषय पनि होइन, प्रहरीले अनुसन्धान गर्दा त्यस्तो केही देखिएन, दुवै पक्षबीच सहमति भएपछि धरौटीका छाड्न आदेश दिइएको हो,’ सहायक प्रमुख जिल्ला अधिकारीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय