१७ सेकेण्डमा ५० अण्डा खाएर कीर्तिमान
आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित

अहिलेको जमानामा चर्चित हुनु छ भने अरु कसैले नगरेको वा निकै अनौठो हर्कत गरेर त्यसको भिडियो इन्टरनेटमा अपलोड गरे पुग्छ । यस्ता अनौठा हर्कत गर्ने मानिसहरुको संख्या निकै बढिरहेको छ, पछिल्लो समयमा ।

महामारी कारण घरमै बस्न बाध्य मानिसहरु इन्टरनेटमा भाइरल बन्नका लागि अनेक खालका क्रियाकलापहरु गरिरहेका देखिन्छन् । केही समय पहिलेको भिडियो यस्तै भिडियो सोसल मिडियामा निकै चर्चित छ । जसमा चीनका एकजना व्यक्तिले मात्र १७ सेकेण्डमा ५० वटा अण्डा खाइदिएका छन् ।

विभिन्न सोसल मिडियामा अपलोड भएको उक्त भिडियो लाखौँले हेरिसकेका छन् ।

३४ सेकेण्डको उक्त भिडियोमा एकजना मानिस ५ वटा मग अगाडि राखेर बसेका छन् । ती मगमा अण्डा फोडेर भित्री झोल राखिएको छ । ५ वटा मगमा गरी ५० वटा अण्डाको भित्री भाग भरिएको छ ।

ती व्यक्तिले मात्र १७ सेकेण्डमा ती पाँचवटै मगमा राखेको अण्डाको झोल सिनित्तै पिएको देखिन्छ । र, त्यसरी मग रित्याएपछि उनले विजयी भावको संकेत प्रस्तुत गरेका छन् ।

उनको उक्त भिडियोका विषयमा अनेक खालका प्रतिक्रियाहरु आएका छन् । कतिपय मानिसहरुले उनलाई फुड प्वाइजनिङ समेत हुनसक्ने भन्दै चिन्ता जाहेर गरेका छन् भने कतिपयले त्यतिधेरै अण्डाको क्यालोरी खपत गर्नका लागि सयौँ किलोमिटर दौडनुपर्ने बताएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय