वीरेन्द्रनगर टिपर ठक्करबाट मृत्यु : युवतीले गरिन् आत्महत्या
बुधबार, माघ १५, २०७६ मा प्रकाशित

सुर्खेत, माघ १५ : सुर्खेतको वीरेन्द्रनगर-४ मा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । घटनाबाट विक्षिप्त बनेकी एक युवतीलेे घटनालगत्तै आत्महत्या गरेकी छन् ।

मंगलबार बिहान वीरेन्द्रनगर-४ मसुरीखेल चोकमा भे१ख २२४२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको भे६प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कालिकोटको महावै गाउँपालिका-३, सिमखेतका २० वर्षीय केशरबहादुर सिंहको घटनास्थलमा नै मृत्यु भयो ।

घटनाको विरोधमा स्थानीयबासीले आन्दोलन गर्दा वीरेन्द्रनगर दिनभर तनावग्रस्त भयो । मृतकको शव उठाउन खोज्दा तीन/चार हजार मानिस जम्मा भएर सुरक्षाकर्मीमाथि नै ढुंगामुढा गरेको प्रहरीले बताएको छ । गाडीको सिसा फुटेर तीन सशस्त्र प्रहरीलाई चोट लागेको छ ।

प्रहरीले पनि २१ राउण्ड अश्रुग्यास हानेको थियो । त्यसक्रममा २३ वर्षका धीरबहादुर बुढाको खुट्टामा चोट लागेको छ । उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले साँझ साढे ६ बजेबाट कर्फ्यू आदेश जारी गरेको छ ।

युवतीले गरिन् आत्महत्या

केेशरको दुर्घटनामा मृत्यु भएपछि विक्षिप्त भनेकी कालिकोटकी अरुणा शाहीले आत्महत्या गरेकी छन् । उनी सुर्खेतस्थित मामाघरमा झुण्डिएको भेटिएकी हुन् । सिंहको शव देखेलगत्तै फर्किएकी शाहीले विक्षिप्त अवस्थामा आत्महत्या गरेको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख दिल्लीराज पन्तले शाही मृत भेटिएको पुष्टि गरे पनि युवकसँगको सम्बन्धबारे केही बताउन नसक्ने जनाए ।

‘उनीहरुको व्यक्तिगत सम्बन्धबारे हामीलाई जानकारी हुँदैन’, प्रहरी उपरीक्षक (एसपी) पन्तले भने, तर केहरको मृत्युलगत्तै शाहीको शव भेटिएको छ, हामी अनुसन्धान गरिरहेका छौं ।

पन्तका अनुसार घटनास्थलमा कुनै सुसाइड नोट भेटिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय