संघर्षको कथा : कमलरी देखि अभियन्ता सम्म
आइतबार, असोज १८, २०७७ मा प्रकाशित

दुर्गा आचार्य
बर्दिया,असोज,१८
बर्दियाको प्रदेश नम्बर—५मा रहेको बारबर्दिया नगरपालिका वडा नम्बर—९ बनगाईको मुक्त कमैया परिवारमा किस्नी कुमारी चौधरीको २०४२।१०।१२मा जन्म भयो। मुक्त कमैया परिवारमा जन्मेकै कारण गरिवीका कारण चौधरीको जीवन प्राय अभावमा वित्ने गर्दथ्यो । कमैया भएकै कारण जमिन्दारको काम नगरी परिवारको लालन पालन गर्न नसक्ने अवस्थामा थिए किस्नीका आमा बुवा। ९ जना परिवारकी माईली छोरी किस्नी सानै देखिको अभाव र मालिकले जतीकाम गरे पनि आमा बुवालाई दिने गरेको पीडालाई नजीक बाटै नियाली रहेकी थिईन् । परिवारको माहिली छोरीकोे रुपमा जन्मिएकी उनको परिवार प्रतीको दायित्वमा पनि कमी थिएन । १० बर्षकै उमेरबाट जमिन्दारकै घरमा परिवारलाई काम गरेर सघाउनु,भाई बहीनीको हेरचाह गर्नु,गाई बाख्रा घाँस दाउरा गर्नु उनको दैनिकी जस्तै वनेको थियो । स्कुल गएर पढ्नुको त कल्पना सम्म गर्न नसक्ने उनले कापी किताब समेत कस्तो हुन्छ भनेर देख्न पाईनन् ।

घर परिवारमा आमा बुवा संग बसेर सघाउदा र परीवारमा संगै हुँदा केहि सहजता भने हुने गथ्र्याे उनलाई । गरिवी र अभावका कारण किस्नीलाई आमा बुवा र परिवारको साथबाट पनि टाढा हुनु पर्यो । उनी माथी थप अर्काे दुख आईलाग्यो । परिवार धान्नका लागि उनी आफै पनि कामदारको रुपमा आफन्तको जिम्मामा छिमेकी जिल्ला बाँकेको एउटा चिया पसलमा कम्लरी भई जानु पर्यो । साथीहरु संग खेल्ेने बिध्यालय जाने उमेरकी किस्नीलाई ग्राहकले खाएको जुठो भाँडा माझ्नु र साहुको काममा घोटिएर लाग्नु पर्यो । जती कामगरेपनी साहुले जस नदिने पीडा त छदै थियो । स्कुल पोशाकमा एउटै रंगका लुगा लगाएर वालवालिका हरु झोला बोकेर हिँडेको देख्दा यीनी हरु कहाँ गएका हुन भनेर उनी हेरी रहन्थीन । धेरै पछि उनलाई थाह भयो झोला बोकेर उनीहरु स्कुल पढ्न जाने रहेछन् । आफुले अरुको घरमा यसरी काम गर्नु पर्दा उनलाइ धेरै नै दुख लाग्थ्यो र मन मनै सोच्ने गर्थिन म पनी कुनै दिन जसरी पनी पढ्रछु अनी म जस्ता दुख पाएकाहरुका लागी काम गर्छु भन्ने लाग्थ्यो तर आफुलाई स्कुल जाने जती ईच्छा भएपनि उनी स्कुल जान भने पाईनन्।

सानै गल्ती भएमा पनी साहुको यातना सहनु पर्नै उनको नियतीनै वनेको थियो । कहिले काँही त साहुनी माईत गएको बेला साहुको लुगा समेत धुनु पर्ने हुन्थ्यो उनलाई । कलम समाउने हातले कपडा सफा संग धुने कुरै भएन। कपडा सफासंग नधोएको भन्दै साहुले गाली गरेर कुट्दा साह्ै पीडा महशुस हुने गरेको संझन्छिन उनी अहिले पनि । साहुको घरमा काम गर्न बस्दा मालिकले खाने खाना र उनले खाने खाना पनि भिन्न हुदा साह्ैनै दुखित तुल्याउथ्यो उनलाई । काम बिगारेको भनेर चिया पसलेले शौचालयमा थुनेर याताना समेत दिने गर्दथे । चिया पसलमा काम गर्दै गरेकी किस्नीलाई काम गर्न नजान्ने भन्दै त्याँबाट परिवारको जीम्मा लगाई पैसा समेत पुरा नदिई निकालेको उनलाई भर्खरै जस्तो लाग्छ । यहाँ सम्म आई पुग्दा किस्नी १५ बर्षकी भईसकेकी थिईन् । त्यस पछि पनि उनलाई फेरी घरेलु कामदारको रुपमा नेपालगंञ्ज अर्कैको घरमा उनको आमाले लिएर गईन् । चिया पसल भन्दा पछि गएको साहुको परिवारले भने केहि राम्रो गर्नै गरेको उनलाई सम्झना छ । तर पनी किस्नी भन्दा ३ बर्ष जेठि साहुकी छोरीको व्यवहार भने राम्रो थिएन । काम राम्रो संग नगरेको भन्दै साहुकी छोरीको पनि गाली र पीटाई खानु पर्यो उनलाई त्यहाँ पनि । समहुकै घरमा काम गर्ने क्रममा घाँस काट्न जादा अरु पनी आफु जस्तै कम्लरी बस्ने गरेको उनले थाह पाईन् । उनीहरु सँगको भेटघाटमा उनले थाह पाईन कोहि स्कुल जाने कोहि प्रौढ शिक्षा पढ्न जाने गरेको ।

त्यो थाह पाएपछि उनलाई पनि पढ्न जाने रहर जागेर आयो । किस्नीले काम गर्ने घरको मालिकलाई आफुलाई पनि पढ्न जाने ईच्छा भएको भनिन् । मालिकले “त पढ्न गएपछि घरको काम कस्ले गर्छ” भनेर जवाफ दिईन् । प्रौढ शिक्षा पढाउने शिक्षक एकदिन उनी बस्ने मालिकको घरमा आएर किस्नीलाई पनि प्रौढ शिक्षा पढ्नको लागि पठाउनु पर्छ भनेर दबाब दिए । कमलरीहरुको समयलाई मध्यनजर राखि १२ बजे देखि २ बजे सम्म कक्षा शुरु हुने भएकाले काममा अवरोध नहुने भएकाले मालिकले पढ्न जान दिने निर्णय गरे । त्यो थाह भए पछि किस्नीको खुशीको सीमानै रहेन। उनले पहिलो पटक कापी कलम छुन पाईन् । ३ महिनाको पढाईमा उनले आफ्नो नाम लेख्न र अक्षर चिन्न सक्ने भईन उनी ।

१६ बर्ष उमेर पछि किस्नीलाई त्याँहाबाट परिवारले घर लगे । घर परिवारको जिम्मेवारी सम्हाल्न सक्ने अवस्था नभए पनि परिवारले उनको विवाह तय गरिदिए । विवाह गर्ने उमेर नपुगेकी उनी वालविवाह भई बढैया ताल गाँउपालिका वडानम्बर—५ बिरेन्द्र नगर आफ्नो श्रीमानको घर जानुपर्यो ।

श्रीमानको घरको पनी आर्थिक अवस्था कम्जोर भएका कारण रिक्सा चालक श्रीमानको कमाईले मात्रै घर धान्न गाह्रो भयो । श्रीमानको माया र हौसलाका कारण विस्तारै किस्नीको जीवनमा केहि आशा लाग्दा परिवर्तन आए । यस्ौ क्रममा गाँउमा गठन भएको समूहमा उनी आवद्ध भईन्। समूहमा आवद्ध भएसंगै उनी समूहमा हुने नियमित बैठक,छलफमा सहभागि हुन थालिन्। पहिला दुइ जना मानिसको अगाडी बोल्न डराउने र आफ्रनु परीचय गर्नु पर्दा समेत मानिसको अगाडी डरले लरबराउने किस्नी समूहकै माध्यमबाट आयोजीत मुक्त कमैयाका बिषयमा वक्तित्व कला प्रतियोगितामा समेत सहभागी हुन थालीन्।

प्लान नेपालको साझेदारीमा ओरेक बर्दिया द्धारा संचालित कार्यक्रमले युवा महिला समूहमा आवद्ध भएकाहरुको लागि विभिन्न कार्यक्रम संचालन गरेपछि किस्नी निरन्तर रुपमा अगाडी बढ्न थालीन । ओरेकले समूहमा आवद्ध युवाहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिएपछि उनमा थप आत्म बिश्वास बढ्दै गयो । त्यसैका माध्यमबाट उनीलाई तालिमका लागि जिबनमै पहिलो पटक काठमाण्डौ जाने अवसर पनि प्राप्त भए संगै समाजमा वोल्न समेत डराउने उनी खुलेर समाजमा हुने हरेक किसिमका हिँसा बिरुद्ध खुलेर बोल्न सक्ने भएकी छिन् ।
तालिममा सिकेका महिला अधिकार,वाल अधिकार र कानुन बारे जानकारी पाएपछि उनले कैयौ श्रीमान श्रीमती बिच हुने झै—झगडा हिँसालगातका घटना हरु गाँउ घरमै मिलाउन सक्ने भएकी छिन् । युवा महिला समूहकै प्रतिनिधित्व गर्दै गाँउ घरमा भएको घरेलु हिँसा बिरुद्धको २ वटा घटना मिलायर श्रीमान श्रीमती बिचको संवन्धलाई मिलाएर राम्रो र दिगो संवन्ध वनाई समाजमानै उदाहरणीय र प्रशंसनिय काम गरेकी छिन् । गाँउ घरमा हुने साना तिना समस्या समाधानका लागि किस्नी गाँउ समाजका मानीसहरुका लागि आवश्यक पात्र वनेकी छिन् । अहिले उनकै अभियानमा बढैयाताल गाँउपालिका वडा नम्बर—५ बिरेन्द्र नगरटोलमा जुवा तास,जाँड रक्सी नियंन्त्रण भएको छ ।
त्यती मात्रै होईन उनीको नेतृत्व दायी भुमीकामा बृधि भइको र समाजमा बिश्वास जित्न सफल भएकी छिन हाल उनी बिभिन्न समिति संजालको पदाधिकारी भएर काम गर्ने अबसर पाएकी छीन । आफनै वडामा रहेको ईन्द्रेणी सामुदायीक वन उपोभोक्ता समितीको उपाध्यक्ष पदमा रहि काम गरीरहेकी किस्नी सरस्वती माध्यमिक बिध्यालयको बिध्यालय व्यवस्थापन समितीको सदस्य, लगायत सहकारी संस्थाहरुमा समेत आवद्ध छिन् ।

स्थानीय तहले पनि किस्नी संगको समन्वयमा काम गर्ने गरेको बढैयाताल गाँउपालिका वडा नम्बर —५का वडा सदस्य रामकुमार बिश्वकर्मा वताउछन्। समाजमा उदाहरणीय काम गरेको हुदा किस्नीको नाम गाँउ घरका मानिसको मुखमा झुन्डीरहने वडा सदस्य बिश्वकर्माले वताए ।
किस्नीकै कारणले स्थानीय पालिकालाई घरेलु हिँसा होस वा अन्य समाज सुधारका काममा सहजभएको रामकुमार भन्छन्। उदाहरणीय अभीयन्ताको रुपमा किस्नीले गरेको कामले समाजमा देख्ने गरि परिवर्तन आएको छ ।

अहिले उनलाइ आफुले गरेको काम र समाजमा आएको परीबर्तन देख्दा गर्ब लाग्छ र मानीसले चाहाने हो भने गर्न सकीने रैछ आफु स्कुल जान नपाए पनी प्रौढ कक्षा पढेर त्यस पछी घरमा निरन्तर लेख्ने र किताब हरु पढ्रने गरीन जसले उनलाइ आज आफुले गरेका अभीयानका कामको प्रतीबेदन लेख्न रेर्कड राख्न सहज भएको छ ।

सरसफाई महिला हिँसा,वाल विवाह सवैखाले हिँसा न्युनीकरण गर्न खेलेको भुमिकामा महिँला हिँसामा काम गर्दै आएको ओरेकले देखाएको बाटो र दिएको ज्ञान शीप क्षमताकै कारण सफल भएकाले यो परिवर्तनका लागि ओरेक बर्दियाले खेलेको भुमिका महत्वपूर्ण भएको किस्नी वताउछिन् । आफुले सकुन्जेल समाजमा रहेको हानिकारक परम्परागत अभ्यास न्युनीकरणकालागी निरन्तर लागीरहने किसनीले अठोट लिएको सुनाईन ।

प्रतिक्रिया

सम्बन्धित खवर