गुलरिया नगरपालिकामा बृहत सरसफाई अभियान सुरु
शनिबार, असोज २४, २०७७ मा प्रकाशित

२४ असोज, बर्दिया । शनिबार बर्दिया जिल्ला अस्पतालमा गुलरिया नगरपालिकाका प्रमुखको नेतृत्वमा व्यापक सरसफाइ अभियान सुरु गरिएको छ ।

सरसफाई अभियानमा बर्दिया युथ ब्ल्याक बक क्ल्लब का अध्यक्ष विमल केसीको पनि सक्रिय सहभागिता रहेको छ । अस्पतालका डाक्टर विजय उपाध्याय लगायतको टिमको पनि सहभागिता रहयो ।

जिल्लाको एक मात्र अस्पताल सरसफाई नहुँदा विभिन्न किसिमका टीका टिप्पणी हुने गरेको थियो । यस्तै अस्पताल परिसर सरसफाई गरे सँगै, गुलरिया नगरपालिकामा पर्ने सम्पुर्ण क्षेत्रमा सरसफाई अभियान थालनी गर्ने नगर प्रमुख यादवले बताए ।

यस अभियानमा नगर प्रमुख मुक्तिनाथ यादव, उप प्रमुख सुशीला गिरी र प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेको उपस्थितिमा नगर कर्मचारी, स्थानीय, अस्पताल विकास समितिका अधयक्ष अंगत श्रेष्ठ र अस्पतालका कर्मचारी सरसफाई अभियानमा देखिए ।

अस्पताल परिसरमा सरसफाई अभियानमा सरिक नगर प्रमुखको नगर सरसफाई सम्बन्धी योजनाको बारेमा फरसमाचारलाई भिडियो मार्फत जानकारी गराएका छन् ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय