६७ जना संक्रमित पठाउँदा बर्दिय" />
मधुवनका नगर प्रमुखद्वारा सोलुखुम्बुका सिडिओको विरोध (भिडियो)
आइतबार, असोज २५, २०७७ मा प्रकाशित

६७ जना संक्रमित पठाउँदा बर्दियाको मधुवन नगरपालिकामा त्रास,

१ हप्ताका लागि अत्यावश्यक काम बाहेक नगरपालिकाका सम्पुर्ण सेवा बन्द !

२५ असोज, बर्दिया । सोलुखुम्बु जिल्लाले ६७ जना कोरोना संक्रमित बर्दिया जिल्लामा पठाउँदा मधुवन नगरपालिकाका नगर प्रमुख कृष्ण केसीले सोलुखुम्बुका सिडिओ प्रति घोर आपत्ति जनाएका छन् ।

शनिबार सोलुखुम्बु जिल्लाले ६७ जना कोरोना संक्रमित कामदारलाई बर्दिया पठाएको हो ।

सोलुखुम्बु जिल्लाबाट आएका संक्रमित कामदार मध्ये बर्दियाको मधुवन नगरपालिकाका ४४ जना, बारबर्दिया नगरपालिकाका २२ जना र राजापुर नगरपालिकाका एक जना रहेका छन् ।

यसरी सोलुखुम्बुको लिखु हाईड्रो पावरमा काम गर्न गएका कामदारहरुलाई सोलुखुम्बु प्रशासनले बर्दिया प्रशासनसँग वार्ता नै नगरी ६७ जना कोरोना संक्रमित कामदार बर्दिया पठाउँदा मधुवन नगरपालिकाका नगर प्रमुख कृष्ण केसीले सिडिओ प्रति पत्रकार समक्ष आपत्ति जनाए ।

लिखु हाईड्रो पावरले कोरोना परिक्षण गर्ने सरकारबाट स्वीकृत प्राप्त नभएको आफ्नै ल्याब राखेर कोरोना परिक्षण गरी काम सञ्चालन गर्ने गरेको थियो । केही कामदारहरुमा कोरोना संक्रमण देखिँदा कामदारहरुलाई बर्दिया पठाइएको थियो ।

स्वीकृत प्राप्त नभएको ल्याबको परिक्षण भरपर्दो नहुँदा सम्पुर्ण कामदारको स्वाब परिक्षणमा बर्दियाको मधुवन नगरपालिकाका ४४ जना कामदारहरुलाई कोरोना संक्रमण देखिएको हो ।

७ जना स्थानीय सहित ५१ जना कोरोना संत्रमित मधुवन नगरपालिकामा थपिँदा समुदायमा कोरोना संक्रमण फैलिएको नगर प्रमुख केसीले जानकारी दिए ।

‘सोलुखुम्बु प्रशासनले यसरी वार्ता नै नगरी ६७ जना कोरोना संक्रमितलाई बर्दिया पठाउन नहुने हो’ नगर प्रमुख कृष्ण केसीले भने ।
संक्रमितलाई बिना वार्ता नै बर्दिया पठाएको भनि कारवाही गर्न प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीलाई भने पनि कारवाही प्रक्रिया अझै सम्म मौन रहेको नगर प्रमुख केसीले वताए ।

तेस्रो मुलुकबाट आउने नागरिकहरुलाई स्वास्थ्य शाखा, जनप्रतिनिधि तथा शिक्षकहरुलाई परिचालित गरी होम क्वारेन्टीनको व्यवस्थित डाटा संकलनको आधारमा स्वास्थ्य परिक्षण गराउने मधुवन नगपालिकाले सर्वदलिय बैठकमा निर्णय गरेको छ ।

मधुवन नगरपालिका तथा वडा कार्यालयका कर्मचारीहरुलाई पनि कोरोना संक्रमण देखिएको हुँदा एक हप्ताका लागि अत्यावश्यक सेवा बाहेक सम्पुर्ण सेवा बन्द गरिएको मधुवन नगरपालिकाका नगर प्रमुख केसीले जानकारी गराए ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय