५ कार्तिक, बर्दिया । बर्दियामा सशस्" />
बर्दियामा साढे २३ किलो चरेस सहित महिला पक्राउ
बुधबार, कार्तिक ०५, २०७७ मा प्रकाशित

५ कार्तिक, बर्दिया । बर्दियामा सशस्त्र प्रहरीले साढे २३ किलो चरेस सहित एक जना महिलालाई पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका वडा नं. १० बुद्धी दमाईको घर नजिकै महिलाको शरिरबाट ५ किलो चरेस र थप खोज तलास गर्ने क्रममा २ वटा ब्यागमा गरी साढे २३ किलो चरेस फेला परेको सशस्त्र प्रहरी उपरीक्षक एनबी रावतले जानकारी गराए ।

यस्तै स्याम्सङ मोबाईल एक थान, ट्याम्बो मोबाईल २ थान, पावर ब्याकप २ थान र २ वटा नागरिकता फेला परेको छ ।

थप कारवाही र अनुसन्धानका लागि पक्राउ गरिएकी महिलालाई जिल्ला प्रहरी कार्यालयमा बुझाउने पक्रियामा रहेको एसपी रावतले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय