कंगनाविरुद्ध जावेद अख्तरले किन दिए मुद्दा ?
बुधबार, कार्तिक १९, २०७७ मा प्रकाशित

१९ कार्तिक, काठमाडौं । अभिनेत्री कंगना रनौतविरुद्ध जावेद अख्तरले मानहानीको मुद्दा दायर गरेका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार जावेदले अंधेरी कोर्टमा मुद्दा दायर गरेका हुन्। मुद्दाको सुनुवाई ३ डिसेम्बरमा हुने छ।

अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको विषयमा जावेदको नाम जोडेको आरोप कंगनामाथि लगाइएको छ।

जावेद अख्तरले आईपीसीको सेक्सन ४९९ र ५०० सीआरपीसीको सेक्सन २०० अनुसार कंगनाविरुद्ध मुद्दा दायर गरेका हुन्।

कंगनाले रिपब्लिक न्यूज च्यानलमा दिएको अन्तर्वार्तामा बलिउडलाई माफियाले चलाएको बताएकी थिइन्।

त्यसमा महेश भट्ट र जावेद अख्तर जस्ता मानिस माफियाका हिस्ता बनेको उनले आरोप लगाएकी थिइन्।

‘जावेद अख्तर आफुलाई नास्तिक भन्छन्। तर उनको गिरोह को इस्लाम समर्थक हो र को स्लाम समर्थक होइन भन्ने हेर्छ,’ कंगनाले भनेकी थिइन्।

कंगनाको उक्त अन्तर्वार्ता लाखौं मानिसले हेरेको र त्यसले आफ्नो छवीमा असर पर्याएको जावेदको भनाई छ। ३३ वर्षिया कंगनाका विरुद्धमा पछिल्ला दिनमा केही केस दर्ता भएका छन्।

अघिल्लो महिना बान्द्राको एक अदालतले कंगनाविरुद्ध एफआईआर दर्ता गर्न आदेश दिएको थियो। अदालतका अनुसार उनले आफ्नो ट्वीटबाट हिन्दु मुसलमानबीच घ्रिणा फैलाउने कोशिस गरेकी थिइन्। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय