महिला हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ
बुधबार, मङि्सर १०, २०७७ मा प्रकाशित

विष्णु अधिकारी
मंसिर १० गुलरिया,बर्दिया / महिला हिँसा विरुद्धको १६ दिने अभियानको सुरुवात मंसिर १० गतेबाट सुरु भएको छ ।

गुलरिया नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको एक्यवद्धता भन्ने मुल नारा सहितको प्लेकार्ड बोकि कार्यक्रमको शुभारम्भ भएको हो । गुलरिया नगरपालिकाले कोभिड–१९ लाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि हातमा प्लेकार्ड बोकि मौन जुलुस सहित कार्यक्रम गरेको छ ।

१६ दिने अभियान अन्तर्गत ¥याली, जनचेतनामुलक कार्यक्रम, सन्देश मुलक व्यानर राख्ने कार्यक्रम रहेको गुलरिया नगरपालिका महिला विकाश शाखा प्रमुख शिला शाहले जानकारी दिएकी छन् । उनले अभियानमा बर्दिया कारागारमा रहेका महिला बन्दिहरु तथा निलसागरमा रहेका वृद्धवृद्धाहरुका लागि ओढ्ने कम्बल वितरण गरिने कार्यक्रम रहेको शाहले बताएकी छन् ।

१६ दिने अभियानको शुभारम्भ गर्दै गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले विभिन्न प्रलोभनमा पारि महिला हिंसा बढिरहेको बताएका छन् । मेयर यादवले समाजमा हिंसा नदेखिए पनि भित्रभित्रै भुसको आगो झै सल्किरहेको हुनाले हिँसा न्युनिकरणका लागि हिंसामा परेको महिलाहरु कानूनी सहायता लिन अगाडि बढ्नु पर्ने कुरामा जोड दिएका छन् ।

यादवले मधेशी समुदायका महिलाहरुले आफुमाथि भएको हिंसा बाहिर ल्याउन नसकेका कारण अझबढि हिंसाको शिकार बन्ने गरेको १६ दिने अभियानमा बताएका छन् । मेयर यादवले १६दिने अभियान गुलरिया नगरपालिकाको सम्पुर्ण वार्डहरुमा संचालन गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

यसै गरि १६ दिने अभियान कार्यक्रममा गुलरिया नगरपालिका उप–प्रमुख शुसिला गिरिले बर्दिया जिल्लामा महिला हिंसा तथा बलात्कारको घटना बढ्दै गएको बताएकी छन् । उपमेयर गिरिले हिंसाका घटना न्युनिकरण गर्न कडा कानून बनिसकेकाले आगिमी दिनमा अभियानको रुपमा चेतना अभिबृद्धि गर्ने कार्यक्रम गरिने कुरामा जोड दिएकी छिन ।

बर्दिया जिल्लाको धेरै भुभाग खुला सिमानाका कारण महिलाहरु बलात्कृत तथा बेचविखनमा पर्ने गरेको तथा कोभिड १९ का कारण बालबालिकाहरु जोखिममा रहेकोमा चिन्ता व्यक्त गरेकी छन् ।

समाजमा जरा गाडेको विभिन्न खाले हिंसा न्युनिकरण गर्न स्थानीय सरकार लागि परिरहेको उनको भनाइ रहेको छ । कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयको प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

मंसिर १० गतेबाट शुरु भएको १६ दिने अभियान मंसिर २५ गते सम्म विभिन्न कार्यक्रम गरि मनाउने गुलरिया नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय