आजको मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना
बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित

मंसिर ११ काठमाडौं / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ ।

पश्चिमी वायुको प्रभावका कारण हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदलि र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडि भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा  आंशिक बदली रहनेछ ।

यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै प्रदेश नं १ का  उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानहरुमा  हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राति देशका पहाडि भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूआंशिक बदली रहनेछ ।

भने, गण्डकी, कर्णाली र सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर