दुर्घटना पिडितहरुबाटै दुर्घटना न्युनिकरणका लागि सचेतना अभियान
शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित

विष्णु अधिकारी
मंसिर १२ गुलरिया,बर्दिया । दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले सवारी चालकहरुलाई सचेतना मुलक कार्यक्रम संचालन गरेको छ ।

सवारी दुर्घटना पिडितहरुबाटै चालकहरुलाई दुर्घटना न्युनिकरणका लागि सचेतना गरिएको हो । गुलरिया राजापुर हुलाकी सडक अन्तर्गत गुलरिया नगरपालिका वडा नं. ४ तुलापुरमा सचेतना मुलक कार्यक्रम संचालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी नायब निरिक्षक लोकेन्द्र बहादुर मल्लले सवारी साधनको अवस्था हेरेर मात्र चालकलाई सवारी चलाउन आग्रह गरेका छन् ।

प्रमुख मल्लले दुर्घटना सुन्दा हामीलाई सामान्य लागेता पनि जो दुर्घटना पिडित हुन्छ त्यसको पिडा उसलाई मात्र थाह हुने भएकाले सवारी साधन चलाउदा अनिवार्य रुपमा हेलमेट तथा सिटबेल्टको प्रयोग गर्न सुझाव दिएका छन् । सामान्य हेलचेक्राईका कारण ठुलो दुर्घटना हुने सक्ने भएकाले सावधानी अपनाई सवारी साधन चलाउन मल्ले आग्रह गरेका छन् ।

सचेतना मुलक कार्यक्रमा विगत १० बर्षदेखि दुर्घटनाका कारण व्हील चियरको साहारामा जीवन विताइरहेका गुलरिया नगरपालिका – ४ का विक्रम अधिकारीले सवारी साधन चलाउदा सुरक्षित तवरले चलाउनु पर्ने बताएका छन् । उनले आफ्नो सानो हेलचक्राईका कारण आफुले कष्टकर जीवन विताउन परेको अनुभव चालकहरु समक्ष बताए । सवारी चालकहरुले अनिवार्य रुपमा ट्राफिक नियमको पालना गरि सवारी साधन चलाएमा आफु सुरक्षित हुनुको साथै अन्य यात्रुहरु पनि सुरक्षित हुने बताएका छन् ।

अर्का दुर्घटना पिडित कमल वि.क. ले चालकहरुले सवारी साधन चलाउदा तनावमुक्त भई सवारी साधन चलाउनु पर्ने बताएका छन् । वि.क. ले सवारी चलाउदा मादक पदार्थ सेवन नगर्न सवारी चालकहरुलाई सुझाव दिएका छन् । कार्यक्रममा राजापुर नेपालगंज सडक खण्डमा चल्ने सयौं सवारी साधनका चालक तथा सहचालकहरु लाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जानकारी गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय