फरक समाचार अनलाईन अब प्रिन्ट मिडियामा
मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित

प्रकाशकको ईच्छा र आंकाक्षा

अभाव,दवाव र प्रभाव वाट मुक्त भई आम संचार जगतलाई सु–सुसिचित गर्ने उदेश्यले सुपादेउराली एडभरटाईजिङ एजेन्सीले दुई वटा प्रकाशन पाठक विच प्रस्तुत गर्ने जमर्को गरिरहेको छ । लामो सयम देखि फरक समाचार डट कम अनलाईन मार्फत पाठक वर्गलाई सु–सुचित गरेको मिडिया हाउसले फरक समाचार राष्ट्रिय दैनिक मार्फत पाठकको मन जित्ने प्रयत्न गरेको छ । पाठकको अघात मायाका कारण मिडिया हाउसले अर्को मिडिया खोल्न हतारिएको आभास भईरहेको छ ।
समयको माग अनुरुप यस मिडिया हाउसले विचारहरु सम्बोधन गर्ने विश्वास दिलाउन चाहन्छु । छोटो समयमा यस मिडिया हाउसको फरक समाचार अनलाईनको वेव सईड र पेज मनपराई दिने २ लाख १८ हजार पाठक प्रति कृतज्ञता प्रकट गर्न चाहन्छु ।पाठक वर्गलाई जानकारी गराउँदै सामाजिक संजाल फेसवुकमा पाठकले पश्चिम नेपालमै एक मात्र फरक समाचार अनलाईन मनपराई दिएको जानकारी गराउँन चाहन्छु । पाठकले मनपराएको कारण हाम्रो हौसला बुलन्द भएको महशुुस भईरहेको छ ।
हाम्रो टिमले पाठक बर्गको मन जितेको कारण चुप लागेर बस्न नसकेर पाठक माझ मिडिया ल्याएको जानकारी गराउँन चाहन्छु । फरक समाचार अनलाईको ई–पेपर फरक समाचारको वेव साईडमा राखिने हुनाले फरक समाचार राष्ट्रिय दैनिकमा प्रकाशित सामाग्री मोफसलमा मात्र नभई राष्ट्रिय ईस्यु वन्ने हामीले बिश्वास लिएका छौ ।
सकारात्म सोच र लक्ष्य प्राप्तीमा अघि बढिरहेको यस मिडिया हाउसले पहिलो अंक मंसिर ३० गते बजारमा ल्याएको छ । मोफसलमा गुणस्तरिय र विश्वसनियताका लागि यो मिडिया हाउस कोसेढङ्गा सावित हुने विश्वास लिएका छौ । आमसंचारले पाठकको मन जित्न सके यस प्रकाशनले अन्य प्रकाशन ल्याउँने भन्ने पनि विश्वास दिलाउँन चाहन्छु ।यतिवेला पत्रकारिता पेशामा यूवाको आर्कषणले गर्दा भविष्यमा यस मिडिया हाउस मार्फत नया पत्रकार पोख्त बन्न सहयोग पुग्नेछ भन्ने विश्वार लिएको छु । पढाई मात्र नभएर सफल पत्रकार बन्नका लागि आधारभुत ज्ञान यस मिडियाले प्रदान गर्नेछ ।
फलरुवरुप राष्ट्रिय वा अन्तराष्ट्रिय जगतमा यहाँका यूवा पत्रकारलाई यस मिडिया हाउसले योगदान पु¥याउँने छ भन्न चाहन्छु । प्रजातन्त्र,लोकतन्त्र हुदै मुलुकमा गणतन्त्रका लागि बामे सरिरहेका बेला र संघिय लोकतान्त्रिक गणन्तन्त्रको अभ्यास भईरहेको अवस्थामा यस मिडियालाई सर्व बर्गले माया गरिदिनु हुन्छ भन्ने अपेक्षा छ । प्रकाशनको विस्तारका लागि होस्टेमा हैसे गरिदिने जिल्ला स्थित राजनितिक दलका नेता गण, गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव,प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने,सहायक प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाह,बर्दिया युथ ब्ल्याक बक क्लबका अध्यक्ष तथा यूवा निर्माण व्यबसायी विमल केसी , सहकर्मी दुर्गा आचार्य र विष्णु अधिकारी प्रति आभार प्रकट गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय