काठमान्डौ, माघ २९ : पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीया मुना कार्कीको घरमा काम गर्न राखिएका सहयोगीबाट घरभित्रै ह त्या भएको छ।१२ वर्षदेखि घरेलु कामदार बसेका दाङ लमहीका विजय चौधरीले कार्कीको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । २२ वर्षीय चौधरी पनि सँगै मृत भेटिएका छन् ।सानेपास्थित कार्की निवासको डाइनिङ हलमा सोमबार बिहान दुवैको शव भेटिएको हो । कार्कीको श व टाउकोमा गम्भीर चोट लागेको र अनुहार कपालले छोपिएको अवस्थामा थियो ।
चौधरीको घाँटीमा पासो लागेको र डोरी चुँडिएको अवस्थामा थियो । आधा डोरी उनी ढलेको ठीक माथि भर्याङको रेलिङमा झुन्डिएको थियो ।अनुसन्धानमा संलग्न अपराध अनुसन्धान महाशाखाका एसपी मुकेशकुमार सिंहले कार्कीको हत्या चौधरीले नै गरेको पुष्टि भएको बताए । ‘हामीले सिसिक्यामेरा फुटेज अध्ययन गयौँ । फुटेज अध्ययन गर्दा कार्कीको हत्या चौधरीले नै गरेको देखिन्छ, कन्फ्युजन हुनुपर्ने अवस्था छैन,’ एसपी सिंहले भने, ‘तर, घटनाको कारण बुझ्न सकिएको छैन । हामी अध्ययन गर्दै छौँ।’सुरक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले आर्थिक, यौन, लागुऔषध र मनोवैज्ञानिक कारण घरेलु कामदारबाटै हत्याका घटना हुने गरेको बताए ।
प्रहरीका अनुसार कार्कीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।प्रहरीका अनुसार घटनास्थल मुचुल्काका क्रममा चौधरीको अन्डरवेयरभित्र वीर्यजस्तै देखिने चिप्लो पदार्थ भेटिएको छ । अन्डरवेयरको केही भागमा रगत लागेको पनि देखिएको छ ।
मृतक कार्कीको मासिक चक्रकै वेला रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।‘चौधरीको अन्डरवेयरमा शंकास्पद वस्तु फेला परेका छन् । तर, परीक्षण हुन सकेको छैन,’ महाशाखाका प्रवक्ता एसपी सिंहले भने, ‘झुन्डिएको मान्छेको शरीरको कुनै अंगबाट तरल पदार्थ निस्किनु स्वाभाविक पनि हुन सक्छ । त्यसैले थप अनुसन्धान आवश्यक छ।’
सिसिक्यामेरा फुटेजमा प्रहरीले भेट्टायो यस्तो दृश्य
प्राप्त सिसिटिभी फुटेजका आधारमा सोमबार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनालाई किचेनमा काम गरिरहेका बेला पछाडिबाट डोरीले घाँ टी न्याँ केका थिए। त्यसपछि करिब १३ मिनेट चौधरीले के गरे भन्ने सिसिटिभी फुटेजमा देखिँदैन।
१० बजेर २३ मिनेटमा चौधरीले मुनाको टाउकोमा केही चिजले सातपटक हिर्काएको पनि सिसिटिभी फुटेजमा देखिएको छ। त्यसपछि करिब ४५ मिनेटसम्म उनी घटनास्थलमै ओहोरदोहोर गरिरहेको देखिएको छ। सिसिटिभी फुटेजअनुसार ११ बजेर ८ मिनेटसम्म उनी किचेनमा ओहोरदोहोर गरिरहेको देखिएको छ।
११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की घरमा आइपुग्दा चौधरी झुन्डिएको अवस्थामा देखिए भने मुना किचेनमा लडिरहेकी थिइन्।
१० बजेर १० मिनेटमा मुनालाई घाँटीमा डोरीले न्याँकेर लडाउनुअघि पनि किचेनबाहिर चौधरी ओहोरदोहोर गरिरहेको सिसिटिभी फुटेजमा देखिएको छ।
१० बजेर १० मिनेटमा मुनालाई घाँटीमा डोरीले न्याँकेर लडाएपछिको १३ मिनेटसम्म चौधरीले के गरे भन्ने चाहिँ खुल्न सकेको छैन। चौधरीको ‘अन्डरवेयर’मा रगत र विर्य लत्पतिएको देखिएको छ। पूर्वसचिव पत्नी मुनाको मासिकश्राव चलिरहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
‘चौधरी परिवारकै प्रिय थियो’
म पशुपतिनाथको दर्शन गर्न बिहानै निस्किएको थिएँ । उनी (मुना कार्की) घरमै यताउता गर्न थालिन् । त्यसैले म मात्रै मन्दिर गएँ । तर, पशुपतिबाट फर्किंदासम्म यस्तो घटना भयो । म उता भगवान्को पूजा गर्न जाने, घरमा यस्तो नराम्रो घटना हुने ? यस्तरी मार्दा कति पीडा भयो होला ? कति चिच्याइन् होला ? कति दुख्यो होला ?
घर आउँदा गेट बन्द थियो । बोलाएँ, बोलिनन् । गेट खोलेर भित्र छिरें । टेबलमा विजय (विजय चौधरी) पछारिएको थियो । भान्सामा छिरें । रगतमा लतपतिएको देखें । मैले केही सोच्न सकिनँ । प्रहरीलाई सम्झें, फोन गरेर बोलाएँ । पापीलाई सानैदेखि पालेर राखेको थिएँ । यस्तो घटना भयो । यस्तो आपत्ति आइलाग्यो, कसरी सम्हालिन सक्छु ? मुनाको हात बाँधिएको थियो । घाँटीमा डोरीले कसेर मारेजस्तो देखिन्छ । डाइनिङ हलमा भएको एउटा मेच भाँचिएको र प्लास्टिकको पिर्का टुक्राटुक्रा भएको देखें । त्यति गर्दासम्म उनले किन प्रतिकार गर्न सकिनन् ? अचम्म लागिरहेको छ ।
चौधरी सात–आठ वर्षदेखि हाम्रो घरमा बस्दै आएको थियो । कसैसँग नराम्रो सम्बन्ध थिएन । बाबुलाई दिनको ८–१० पटक त म्वाइँ खान्थ्यो । खुब माया देखाउँथ्यो । यस्तो गर्ला भन्ने सोच नै आएन । मैले छोराछोरीलाई कसरी मुख देखाउने ? के भनेर चित्त बुझाउने ? अब एक्लै के गर्न सक्छु ? मेरी मुना मलाई छाडेर गयौ । अब कसरी बाँच्नु ?