गुलरियामा एच.आई.भी/एड्स सम्बन्धि सचेतनामुलक नाटक प्रदर्शन
मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया मंसिर ३०/गुलरिया नगरपालिका–४ कोटही मा.वि.मा एच.आई.भी/एड्स सम्बन्धि सचेतनामुलक नाटक प्रदर्शन गरिएको छ ।

समाजमा अहिले पनि एच.आई.भी. संक्रमित र तिनका परिवारलाई अपहेलना गरिने विषयलाई नाटक मार्फत प्रस्तुत गरिएको थियो ।

अहिले पनि एच.आई.भी. संक्रमितका बालबालिकाहरुलाई विद्यालयमा विभेद गरिने गरेको कुरालाई कलाकारहरुले नाटकमा देखाएका थिए ।
संक्रमितलाई कसैले पनि विभेद गर्न नहुने कुरालाई नाटक मार्फत जनचेतना फैलियोस् भन्ने उदेश्यले नाटक प्रदर्शन गरिएको हो ।

एच.आई.भी. संक्रमितलाई समाजले गरिने विभेदकै कारण उनीहरु समाजमा खुल्न नसकेको सहयोगी हात नेपालका कार्यकारी निर्देशक दुर्गा आचार्यले जानकारी गराएका थिए ।

सहयोगी हात नेपालले लामो समय देखी एच.आई.भी.संक्रमितहरुको हक,हित,शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आईरहेको निर्देशक आचार्यले बताए ।

राष्ट्रिय एच.आई.भी.तथा एड्स महासंघ काठमाडौं अन्र्तगत क्याटिलिटिक फण्ड कार्यक्रमद्वारा सहयोगी हात नेपाल गुलरियाको आयोजनामा नाटक गरिएको हो । नाटक सूर्योदय साँस्कृतिक प्रतिष्ठान गुलरियाले प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय