मुम्बई, माघ २९ : संजय दत्त र मान्यताको विवाह भएको १२ वर्ष पूरा भएको छ । यो मौकामा यी दुईले एकअर्कालाई सोसल मिडियामार्फत् बधाई दिए । संजयले मान्यतासँगको केही तस्बिर सेयर गर्दै लेखे, ‘थाहा छैन, तिमीबिना म के गरुँला, ह्याप्पी एनिभर्सरी ।’
मान्यता पनि भइन् भावुकः
त्यसपछि मान्यताले पनि इन्स्टाग्राममा संजयसँगको एउटा तस्बिर सेयर गर्दै लेखिन्, ‘जस्तोसुकै परिस्थितीमा तपाईंलाई साथ दिने व्यक्ति तपाईंकै छेउमा छन् भनेर महसुस हुनुजस्तो ठूलो भावना अरु केही हुनै सक्दैन । ’
संजयकी तेस्री श्रीमती हुन् मान्यताः
संजयले मान्यतासँग सन् २००८ फेब्रुअरी ११ मा विवाह गरेका हुन् । उक्त विवाह हिन्दु रितिरिवाज अनुसार भएको थियो । यी दुईमा जुम्ल्याहा सन्तान (छोरा शाहरान र छोरी इकरा) छन् । मान्यता संजयभन्दा लगभग १९ वर्ष कान्छी छिन् । मान्यता संजयकी तेस्री श्रीमती हुन् । मान्यता अघि संजयकी श्रीमती रिया पिल्लई थिइन् जोसँग उनको सम्बन्धविच्छेद भएको थियो । उनीअघि संजयकी पहिलो श्रीमती ऋचा शर्मा थिइन् जसको सन् १९९६ मा ब्रेन ट्युमरका कारण निधन भएको थियो ।