भ्रमण टोलीको निष्कर्ष :  फोहर प्रति केजि का दरले बेच्न सक्छौ
बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित

फोटोक्याप्सनःफोहोर व्यबस्थापन गर्न वनाईएको दश वर्षे रणनितिको वारेमा छलफल गर्दे बिज्ञ केसी सहित नगरपालिकाको टोली ।तस्बिर÷ फरक समाचार

पोखरा,पुस ९(फरकसमाचार)
गुलरिया नगरपालिका भित्र उर्सजन हुने ‘फोहोरलाई मोहोर’ वनाउने अभियानलाई मुर्त रुप दिन निस्केको गुलरिया नगरपालिकाको टोलीले पोखराका संचालनमा रहेका उर्जा कम्पनी र स्टेक होल्डर र पोखरा महानगरको फोहोर मैला व्यस्थापनका विज्ञ सँग अन्तरक्रियामा सहभागि भएको छ ।
गुलरिया नगरपालिकाका टोलीमा प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने,वरिष्ठ अधिकृत मुकुन्द अर्याल,सब ईन्जिनियर अर्जुन लम्साल,कार्यपालिका सदस्य विनिता देवकोटा सहितको सहभागी टोलीले तीन दिन चालु अवस्थामा रहेका उर्जा कम्पनी र पोखरा महानगरका ल्यान्डफिल्ड साईडको स्थलगत अनुगमन गरेको छ ।यूएसएडको वास–फिन कार्यक्रमका फोहर मैला व्वस्थापन विज्ञ दिपक केसी समन्वय र सहयोगमा भईरहेको अनुगमन भ्रमण पछिको समिक्षामा गुलरिया नगरपालिका फोहोर मैला व्यवस्थापन गर्न सके वार्षिक रुपमा लाखौ आम्दानी हुन सक्ने टोलीले निष्र्कष निकालेको छ ।
पहिलो भ्रमण पोखरा महानगरपालिका भित्र निजी लगानी संचालन गरेको गण्डकि उर्जा कम्पनीले फाहोर व्यवस्थापनवाट कसरी लाभ लिईरहेको विषयमा अध्यन गरेको छ । गुलरियामा फोहोर वेच्न सकिने सम्भावना वारेमा समिक्षामा चर्चा गर्दा ठूलो लगानीमा गुलरिया नगरपालिकाको ल्यान्डफिल्ड साईटवाट फोहोर मैला व्यवस्थापनमा सहयोग पुग्ने देखिएको छ ।यसअघि नै गुलरिया नगरपालिकाले ल्यान्डफिल्ड साईटमा दिशाजन्य लेदो पदार्थ प्रशोधन केन्द्र स्थापना गरेर फोहोर मैला व्यवस्थापन गरिरहेको छ । कुहिने र नकुहिने वस्तु छुट्याउँने काम गरिरहेको गुलरिया नगरपालिका फोहोर वेच्न सकिने पूर्वाधार निर्माण गरेर नगरपालिकाको वार्षिक आम्दानी बढाउँने नगरपालिकाले लक्ष्य लिएको छ । लक्ष्य अनुरुपमा ल्यान्डपिल्ड साईडमा फोहोर लाई वेच्न सकिने गरी थप भौतीक पुर्वाधार निर्माण गरेर गुलरिया नगरपालिकाले काम अघि बढाईरहेको छ ।
यूएसएडको वास–फिन कार्यक्रमका संयोजक दिपक केसीका अनुसार दश वर्षे कार्ययोजना निर्माण गर्ने क्रममा गुलरिया नगरपालिका भित्र कति मात्रामा फोहोर उर्सजन गरिरहेको मापन गरिसकेको छ । गुलरिया नगरपालिका भित्र दैनिक रुपमा १८ दशमलव २ टन फोहोर उर्सजन भईरहेको मापन भईसकेको छ । वास–फिन कार्यक्रमले फोहोर मैला व्यवस्थापन गर्नका लागि बेसिक सर्भे गरिसकेको छ ।वेसिक सर्भेलाई टेकेर फोहोर मैला व्यवस्थापन गर्न वनेको रणनितिक योजना अनुरुप गुलरिया नगरपालिका फाहोर मैला व्यबस्थापनका लागि काम अघि बढिरहेको छ ।

अनुगमनको क्रममा पुगेका गुलरिया नगरपालिकाको टोलीलाई गण्डकि उर्जा कम्पनीको सिओ असिम कायस्थले फोहोर व्यवस्थापनका लागि दैनिक ४५ टन फोहार संकलन गरेर ग्यास,आर्गनिक मल र औषधिको रुपमा प्रयोग गर्न झोल पदार्थले वेचेर कमाई गरिरहेको जानकारी गराएका थिए । लिजमा जग्गा लिएर विस्तार गरिएको उर्जा कम्पनीले फोहोर किन्ने देखि रिसाईकिलिन गरेर वेच्दा समेत नगरवासी प्रत्यक्ष रुपमा लाभान्वित भएको कायस्थले टोलीलाई सुनाए ।
दिर्घकालिन रुपमा गुलरिया नगरपालिका भित्रको फाहोर व्यबस्थापनमा गुलरिया नगरपालिकाको ठूलो योगदान हुने प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले वताए ।‘यो भ्रमणमा हामीले धेरै कुरा सिक्न पाएका छौ,हामीसँग ल्यान्डफिल्ड साईड छ,त्यसको भरपुर उपयोग गर्नपर्छ’उनले भने ।पोखराले फाहोर मैला व्यवस्थापनवाट ५०लाख बढी आम्दानी गरिरहेको उनले जानकारी दिए । उनका अनुसार निजीलाई फाहोर मैला व्यबस्थापनको जिम्मा दिएर ५० लाख बढि राजश्व संकलन गरेको पोखरा महानगरको सिको गुलरिया नगरपालिका गर्ने गरी अवधारण अनुसार गुलरिया नगरपालिका अघि बढने उनले विश्वास व्यक्त गरे ।

दश वर्षे कार्ययोजना विज्ञ द्धारा तयार

पोखरा,पुस ९ (फरक समाचार) गुलरिया नगरपालिकाको फोहोर मैला व्यबस्थापनका लागि यूएसएड  वास–फिन कार्यक्रम टिमले दस  वर्षे कार्ययोजना तयार  गरेको फोहर  मैला व्यबस्थापनका विज्ञ दिपक केसीले बताएका  छन् ।
दश वर्षे कार्ययोजना गाईड लाईनमा दश वर्ष भित्र फोहोर मैला व्यस्थापन गर्ने क्रममा आईपर्ने चुनौती र अवसर जस्ता विषय वस्तु समेटिएको छ । फोहोर मैला व्यबस्थापन गर्दा नगरपालिकाले गर्ने आम्दानी र उपभोत्ताले उपभोग गर्दा पुग्ने फाईदा औल्याएर नगरपालिका दुवै पाटोवाट लाभान्वित हुने कुरा तथ्याकंको आधारमा बिज्ञ केसीले कार्ययोजनामा पुष्टि गरेका छन् ।
स्थलगत रुपमा तथ्य सुचना संकलन गरेर यूएसएड अन्र्तगत वास–फिन कार्यक्रमका बिज्ञ सहितको टिमले दश वर्षे कार्ययोजना तयार गरेका हुन । फोहोर मैला व्यवस्थापन गर्दा बेसिक सर्भेलाई टेकेर वनाईएको रणनितिक कार्ययोजनामा गरिएको तथ्याकंले फोहोर व्यबस्थापन गरेर फोहोर वाट मोहोर बनाउँने गुलरिया नगरपालिकाको अभियानमा टेवा पुग्ने देखिन्छ ।
‘दश वर्षे कार्ययोजना वनाउँदा वस्तुगत र स्थलगत शुक्ष्म अध्यन गरेका थियांै’केसीले भने,‘रणनिति कार्ययोजनाले दश वर्ष भित्रमा नगरपालिकाले फोहोर मैला व्यवस्थापन गर्न सहयोग पुग्ने छ।’ कार्ययोजनामा गुलरिया नगरपालिकाले दैनिक १८ दशमलव २ टन फोहोर उत्पादन हुने र प्रत्येक महिना फाहोर उर्सजन हुने सम्मको डाटा प्रस्तुत गरेको छ ।
यस्तै गरि कार्ययोजनाले दश वर्ष पछि गुलरिया नगरपालिकाले प्रत्येक महिना ९ हजार १ सय १ टन फोहोर मैला उर्सजन गर्ने तथ्याकं निकालिएको छ ।
फोहोर मैला उर्सजन कम गर्न सक्ने कुरा पनि डाटा सहित कार्ययोजनामा समेटिएको छ । हालको कति घर धुरी र दश वर्ष पछि कति घर धुरी बढ्ने रणनितिक कार्ययोजनामा समेत समावेश गरिएको छ । वास–फिन कार्यक्रमका बिज्ञ केसीको टीमले  फोहोर मैला व्यवस्थापन गर्नका लागि बेसिक सर्भेमा टेकेर रणनितिक कार्ययोजना तयार गरेका हुन । वेसिक सर्भेलाई टेकेर फोहोर मैला व्यवस्थापन गर्न वनेको रणनितिक योजना अनुरुप गुलरिया नगरपालिकाले फाहोर मैला व्यबस्थापन कार्यबिधि नगर परिषदमा पास गरिसकेको छ । फोहोर मैला व्यवस्थापनका विज्ञ केसी  सहितको टिमले तयार  गरेको  दस वर्षको कार्ययोजना वारेमा पोखरामा बिस्तृत छलफल भएको छ । प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने,वरिष्ठ अधिकृत मुकुन्द अर्याल,सब ईन्जििनियर अर्जुन लम्साल र कार्य समिति सदस्य विनिता देवकोटाले पोखराको माउन्ट कैलाश रिसोर्टको सभा कक्षमा विज्ञ द्धारा तयार पारिएको कार्य योजना वारेमा विस्तृत छलफल भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय