अपांगता भएका व्यक्तिलाई आर्थिक सामाजिक विकासको निति बनाई सम्बोधन गर्ने : उप–नगर प्रमुख थारु
शनिबार, माघ १०, २०७७ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, माघ १० /मधुवन नगरपालिकाले अपांगता भएका ब्यक्तिहरुको वडा स्तरीय समन्वय समिति गठनलाई तिब्रता दिएको छ । छरीएर रहेका अपांगता भएका ब्यक्तिहरुलाई संगठित गरि स्थानिय सरकारको अपांगता लक्षित कार्यक्रमद्धारा उनिहरुलाई स्थानिय स्तरमै पुनस्र्थापन गर्ने उद्देश्यले समिति निमार्णमा जोड दिएको महिला बालबालिका उप–शाखा मधुवनले जनाएको छ ।

मधुवन नगरपालिकाको अपांगता लक्षित कार्यक्रम अन्र्तगत महिला बालबालिका उपशाखाको आयोजनामा संचालित अपांगता समन्वय समिति गठन तथा अभिमुखिकरण कार्यक्रम मधुवन नगरपालिकाको वडा नम्बर १, २, ३ र ७ मा सम्पन्न भएको महिला शाखाका प्रमुख ईन्द्रा चुनाराले जानकारी दिईन् ।

बिहिवार मधुवन नगरपालिका ७ मा लाल बहादुर कार्कीको अध्यक्षतामा ११ सदस्य रहेका वडा स्तरीय अपांगता समन्वय समिति गठन गरिएको छ । गठित समितिलाई बधाई तथा शुभकामना दिदै नगर उप –प्रमुख शुबरानी थारुले अपांगता भएका ब्यक्तिहरु बिभेद सहेर बस्न नपर्ने भन्दै उनीहरुको आर्थिक सामाजिक बिकासको लागि नगरपालिकाले निति तथा कार्यक्रम बनाई सम्बोधन गर्ने प्रतिबद्धता जनाईन् । त्यसै गरि ७ नम्बरका अध्यक्ष राजेन्द्र हमालले पनि अपांगता भएका ब्यक्तिहरुको बास्तबिक अवस्था झल्कने तथ्यांक संकलन गरि उनिहरुको शिप बिकास, क्षमता बिकास लगायतका प्रत्यक्ष लाभ हुने खालका योजना बनाई वडामा पेश गर्न नवगठित समितिलाई सुझाब दिदै वडाबाट हुने सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

नगरपालिकाको सबै वडाहरुमा अपांगता समन्वय समिति गठन गरि राज्यका सेवा सुबिधामा उनिहरुको पहँुच अभिबृद्धि गर्ने उद्देश्यका साथ अभियानलाई तिब्रता दिएको भन्दै शाखा प्रमुख चुनाराले बताईन् । अपांगता भएका ब्यक्तिहरु अझै पनि राज्यका सेवा सुबिधाको पहँच भन्दा टाढा भएको अवस्थामा स्थानिय सरकाको लक्षित कार्यक्रम वडा स्तरसम्म पुर्याइ अपांगता भएका ब्यक्तिहरुलाई स्थानिय स्तरमा बिभिन्न सेवा सुबिधाका कार्यक्रम संचालन गरि पुनस्र्थापन गरिने बताईन् ।

अपांगता समन्वय समिति मधुवन १ का अध्यक्ष टेकराज शर्मा, ३ का अध्यक्ष सिताराम थारु र ७ का अध्यक्ष लालबहादुर कार्कीले महिला शाखाबाट आयोजना गरिएको कार्यक्रमले अपांगता भएका ब्यक्तिहरुलाई संगठित गरि अपांगता भएका ब्यक्तिहरुको अधिकार र सवालको बारेमा सचेतना गराउनु महत्वपुर्ण कार्य भएको भन्दै समितिलाई सक्रिय बनाई निरन्तरता दिने बताए । बचत गर्ने बानिको बिकास गर्नका लागि बचत तथा ऋण खाता र पासबुक समेत उपलब्ध गराउनले समितिलाई उत्प्रेरित गराएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय