अष्ट्रेलियामा समाचार हेर्न र शेयर गर्न फेसबुकले लगायो प्रतिवन्ध
बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित

फागुन,६ ( फरक समाचार)/ अष्ट्रेलियामा समाचार पढ्न र शेयर गर्न फेसबुकले प्रतिवन्ध लगाएको छ । बिहिबार देखि फेसबुकले उक्त प्रतिवन्ध लगाएको हो । बिहिबार मानिसहरु जागेर फेसबुक खोल्नासाथ सबै विदेशी र स्थानीय न्युज वेभसाईट बन्द थियो ।
अष्ट्रेलियाले फेसबुकको यो प्रतिवन्ध उसको विस्वसनीयताका लागि खतरा भएको प्रतिकृया दिएको छ । सरकारले अष्ट्रेलिया बाहिर रहनेहरुले पनि अष्ट्रेलियाको समाचार पढ्न नपाएको बताएको छ ।
अष्ट्रेलियाका कुनै पनि अनलाईन कम्पनीहरुले आफ्नो फेसबुक पेजमा लिंक शेयर गर्न सक्न छाडेका छन् ।
अष्ट्रेलियाले कर तथा मुनाफा सम्बन्धि नयाँ कानुन बनाए पछि असन्तुष्ट फेसबुकले त्याहाँ यो प्रतिवन्ध लगाएको हो ।मिर्मिरे ऑनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय