जापानको नागोयामा नेपाली युवाद्वारा आ’त्मह’त्या
शुक्रबार, फागुन ०७, २०७७ मा प्रकाशित

फागुन,७ (फरक समाचार)/ टोकियो ।जापानमा रोजगारीको सिलसिलमा रहेका एक नेपाली युवाले आ’त्मह’त्या गरेका छन । विगत ८ वर्षदेखि जापानको आइचीकेन खासुगाइ शहरमा बस्दै आएका बागलुङ ग्वालीचौर घर भएका युवाले आ’त्मह’त्या गरेका हुन ।

प्राप्त जानकारी अनुसार श्रीमती सहित जापानमा बस्दै आएका ३७ वर्षिय मधु आचार्यले सोमबार राति आ’त्मह’त्या गरेको बताइन्छ । आचार्य कुक पेशामा काम गर्दै आएका थिए ।

पारिवारिक मतभेदका कारण गत बेग्लाबेग्लै बस्दै आएका आचार्यले गत शनिबार श्रीमतीसँग वार्तालाप गरेको बताइएको छ ।

आफ्नै कोठामा चुकुल लगाएको अवस्थामा आचार्य झुण्डिएको अवस्थामा मृ’त भेटिएको प्रहरीले बताएको छ । आचार्य दम्पतीको ५ वर्षिया छोरी हाल नेपालमा रहेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय