जापानमा नेपाली युवती झुण्डिएको अवस्थामा मृत भेटिइन
आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित

फागुन,९(फरक समाचार)/ जापानको मियाजाकी प्रिफेक्चरमा एक नेपाली युवती झु’ण्डि’एको अवस्थामा मृ’त फेला परेकी छिन् ।

श्रीमानसँग बस्दै आएकी श्रेष्ठ थरकी युवतिले झु’ण्डि’एर आफैंले ज्या’न लिएको ठानिएको छ ।

श्रीमानसँगै बस्दै आएकी उनले राती आफु निदाएको समयमा आ*त्मह*त्या गरेकाले आफुले थाहा नपाएको उनका श्रीमानले बताएको घ’टनास्थल क्षेत्रमा रहेका व्यक्तिहरुले जानकारी दिएका छन् । युवतिलाई आँफैं बसेको घरको बरन्डाको भागमा झु’ण्डि’एको अवस्थामा मृ’त फेला पारिएको उनका श्रीमानले बताएका छन ।

मृत्यु हुने महिला श्रीमानको डिपेन्डेन्ट भिषामा रहेकी थिईन् । बिद्यार्थीको रुपमा जापान आएका दुबैजनाले प्रेम विवाह गरेको पाइएको छ । युवकले वर्किङ् भिसा परिवर्तन गरेपछि मृ’तक युवती डिपेण्डेन्ट भिसामा बसेकी थिइन ।
अन्तरजातिय विवाह रहेका श्रीमान् श्रीमतीबिच मनमु’टाव भएको ठानिएको छ । प्रहरीले महिलाको श’वलाई जापानमै दा’हसं’स्कार गर्ने वा नेपाल लैजाने भन्ने विषयमा उनका श्रीमानसँग जानकारी लिन चाहिरहेको बुझिएको छ ।

प्राप्त थप विवरणहरु अनुसार मृत्यु हुने महिलाको काखे दुधे छोरी रहेकी छिन् । दुई महिना पनि नपुगेकी छोरी रहेकी उनको आ*त्मह*त्याको स्पस्ट कारण खुल्न सकेको छैन ।दिपक नेपाली नाम गरेका उनका श्रीमानले हाल काखे छोरीलाई आँफैंले राखेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय