कोठियाघाटमा रहेको दश वटा ब्रेकर हटाउने निष्कर्ष
शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित

बर्दिया,फागुन २१ (फरकसमाचार) खाता करिडोरमा रहेको पहाड जस्तो ब्रेकर हटाएर सामान्य खालको ब्रेकर राख्नेमा स्थानीयसँग सहमति जुटेको छ । देशकै लामो पुल नजिक रहेका दश वटा पहाड जस्ता ब्रेकर दुर्घटना र वन्यजन्तु बाट आक्रमण जोखिम ठहर गर्दै ब्रेकर हटाउँन सहमति जुटेको हो । पछिल्लो समय पाटे बाघको मुभमेन्ट हुने क्षेत्र करिडोर भएकाले जुनसुकै बेला सर्वसाधरण जिउ धनको सुरक्षाका लागि उक्त पहाड जस्तो ब्रेकर अभिषाप सावित भएको छ ।

भर्खरै आएका नयाँ प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, नगर प्रमुख गणेश क्षेत्रि (कृष्ण), सप्रजिअ माधव शर्मा, सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत, प्रहरी नायव उपरीक्षक हेम बहादुर शाही, प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठ र वन अधिकृत महेन्द्र वाग्ले लगायतको टोलीले वन्य जन्तु संरक्षणका लागि बनाईएको ब्रेकर अवलोकन गरेको छ । उक्त ब्रेकर ज्यानमारा रहेको अनुगमनको टोलीका निष्कर्ष छ ।

हुलाकी सडक आयोजना पर्ने उक्त सडकमा बनाईएका पहाड जस्ता दश वटा ब्रेकर छन् । जिल्लामा पाटे बाघको आक्रमण ७ जनाको ज्यान गईसकेको छ । हुलाकी सडक आयोजना निर्माण गरेका ब्रेकर नजिक भएर बाघ ओहोर दोहोर गर्ने गरेको पुष्टि भएपनि लामो समय स्थानीयको विरोध बिच ब्रेकर हटाउँने विषयमा कसैले चासो देखाएका थिएनन् । नयाँ प्रमुख जिल्ला अधिकारी सुनारले पाटे बाघको आक्रमणको विषय र नागरिक जोखिम रहेका त्यस्ता अवरोध हटाउँन चासो लिएका हुन ।

कोठियाघाट नजिक बनाइएको ब्रेकर भएर दशको स्पीडमा मात्र पार गर्न सकिन्छ । नव आगन्तुक यात्रु उक्त ब्रेकर ठोकिएर दुर्घटना क्षति व्योहोर्न परेको छ । त्यो भन्दा बढि जोखिम मोलेर मोटरसाईकलवालालाई थियो । आवागमन गर्ने क्रममा ब्रेकर नजिक आएर बाघ बसेको देखेर अतालिदा दुर्घटना परेको घटना पटक–पटक दोहरिएको छ । त्यै पनि स्टेक होल्डरको नकारात्मक दिमाग उपजले ज्यानमारा ब्रेकर बनेको थियो ।

नागरिक र वन्यजन्तुको द्धन्द्ध न्यूनिकरणका लागि राज्यको ढुकुटी रित्याएर काम गरिरहेको अवस्थामा ब्रेकरकै कारण सर्वसाधारण बाघको काल वा गाँस बन्ने सम्भावना बढेको ब्रेकर हटाउँने भएपछि स्थानिय खुसी भएका छन् ।

नागरिकको सुरक्षा र बाघको संरक्षण दुबै पाटो महत्वपुर्ण भएको उल्लेख गर्दै धराप जस्ता ब्रेकर हटाउँनु पर्ने प्रमुख जिल्ला अधिकारी सुनारले बताए । ‘मेरो सरुवा बर्दिया भएको सुन्ने बित्तिकै मेरो लागि बाघको आक्रमणको विषय गम्भिर रुपमा लिन जरुरी ठानेको थियो’प्रजिअले भने,‘पहिलो प्राथामिकता नागरिकको सुरक्षा हो, बाघ आक्रमण नियन्त्रण गर्न अविलम्ब रणनितिक योजना बनाउँनु पर्छ ।

’प्रजिअ सन्त बहादुर सुनारको नेतृत्वमा गएको सुरक्षा र वनको टोलीले मधुवन नगरपालिका नगर प्रमुख गणेश क्षेत्रि (कृष्ण),वडा अध्यक्ष नारायण मल्ल र स्थानीयसँग छलफलमा सहमति जुटेपछि अगामी सुरक्षा समितिबाट ब्रेकर फाल्ने निर्णय गरेर ब्रेकर फाल्ने सहमति भएको हो । तत्काल ब्रेकर फाल्ने निर्णय हुनु पर्ने भन्दै मधुवनका नगर प्रमुख जोड दिएका थिए । मधुवन नगरपालिका भित्र पर्ने सीमा क्षेत्रमा रहेका वासीन्दालाई जंगल भित्र जान नपर्ने बैकल्पिक उर्जाका लागि सहयोग गर्न, वन्यजन्तुले नोक्सान नर्गने बिउ अनुदान दिने, क्षतिपुर्तिकालागि तत्काल पहल गर्ने विषय छलफलको क्रममा बिशेष प्राथामिकतासाथ उठेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय