राजकुमार र जान्हवीको ‘रुही’लाई कमजोर समिक्षा
शुक्रबार, फागुन २८, २०७७ मा प्रकाशित

फागुन २८  / बिहिबारदेखि नयाँ बलिउड चलचित्र ‘रुही’ रिलिज भएको छ । हार्दिक मेहत्ताको निर्देशनमा तयार भएको यो चलचित्रमा राजकुमार राव, जान्हवी कपुर र बरुण शर्माको अभिनय छ । २ घन्टा २५ मिनेट लामो यो चलचित्रले हलसम्म दर्शक तान्ने अपेक्षा बलिउड पण्डितहरुको छ ।

तर, चलचित्रले समिक्षा निकै नै कमजोर पाएको छ । चलचित्रको कथा, पटकथा र संवाद निकै फितलो भएको भन्दै केही समिक्षकले यसलाई १ रेटिङ दिएका छन् ।

नेपालका मल्टिप्लेक्सहरुले पनि यो चलचित्रलाई उच्च शो दिएका छन् । पौष १० गतेबाट हल खुलेपनि दर्शकको उपस्थिती निकै कम छ । यसैले, केही बलिउड चलचित्रले हलसम्म दर्शक तान्ने अपेक्षा प्रदर्शकको छ ।

तर, राम्रो स्टार कलाकार हुँदाहुँदै पनि कमजोर कथावस्तुका कारण चलचित्रले दर्शक तान्ने संभावना कम देखिएको छ । यो चलचित्रले बिहिबार भारतमा ३.५ करोडको व्यापार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय