विक्कीसँग ‘दि इमोर्टल अश्वत्थामा’मा साराको एक्सन
शुक्रबार, चैत १३, २०७७ मा प्रकाशित

चैत्र १३ / बलिउड नायक विक्की कौशल ‘दि इमोर्टल अश्वत्थामा’ नामक चलचित्रमा काम गर्दैछन् । यो साईफाई पौराणिक चलचित्रको लागि विक्कीले तयारी समेत थालिसकेका छन् । यसका लागि विक्कीले आफ्नो शरीर परिवर्तन गर्न तयारी गरिसकेका छन् ।

अब, यो चलचित्रका लागि नायिका पनि फाइनल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार, चलचित्रमा विक्कीको साथमा नायिका साराअली खानको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा साराको पनि एक्सनका दृश्यहरु हुनेछन् । साराले आफ्नो करिअरमा रोमान्टिक र कमेडी चलचित्रमा मात्र काम गरिरहेकी छिन् । तर, यो चलचित्रमा भने उनको केही स्टन्टका दृश्यहरु पनि हुनेछन् ।

साराका लागि यो भूमिका चुनौतीपूर्ण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय