लसुनको अत्यधिक सेवनले निम्त्याउँछ यस्ता समस्या
आइतबार, चैत २२, २०७७ मा प्रकाशित

एजेन्सी, चैत्र २२ /  लसुनले स्वाद बढाउने काम गर्छ । लसुनको सेवनले स्वास्थ्यमा धेरै फाइदा पनि गर्छ । लसुन दैनिक खाने खानामा पनि प्रयोग गर्ने गरिन्छ । तरकारी, खाना, अचार लगायतका खानेकुरामा प्रयोग गरिने लसुनको धेरै सेवनले स्वास्थ्यमा हानी पनि पुग्ने गर्छ ।

स्वाद बढाउन प्रयोग गरिने लसुनको फाइदा मात्र होइन बेफाइदा पनि धेरै छन् । उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र अन्य समस्याहरुमा फाइदाजनक हुन्छ ।

यदि लसुनको उपयोग सीमित मात्रामा गरियो भने यो लाभदायक हुन्छ । तर, अधिक मात्रामा सेवन गर्दा लसुनले दुष्प्रभाव पनि देखाउँछ ।

अनुसन्धानका अनुसार लसुनमा हुने एन्जाइमले दागधब्बा र चिलाउने समस्या आउँछ । त्यसैले यसको प्रयोग सावधानीपूर्वक गर्नुपर्छ ।

यदि अधिक मात्रामा लसुनको सेवन गरिन्छ भने सास गन्हाउने समस्या आउँछ ।

साथै, अत्यधिक मात्रामा लसुनको सेवन ग्यासको कारण पनि बन्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय